वासिंगटन,(एजेन्सी)
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो मुलुक अन्तर्राष्ट्रिय हातहतियार व्यापार सन्धिबाट अलगिने जानकारी दिएका छन् । विश्वका विभिन्न राष्ट्रहरु माझ हातहतियारको कारोवार माथि नियम कानुनले बाँध्ने उद्देशयले सन् २०१३ मा तत्कालिन अमेरिकी राष्ट्रपति वाराक ओवामाले सो सम्झौतामा हस्ताक्षर गरेका थिए ।
अमेरिकाको राष्ट्रय राइफल एसोसियसनले सो सन्धिले अन्तराष्ट्रिय बन्दुक नियन्त्रणसंग सम्बन्धित रहेको तथा यसले हतियार बोक्ने पाउने अमेरिकाको संविधानको दोश्रो संशोधनलाई चुनौति दिने जनाएको छ । राजनीतिक पहल गर्ने समूहको वार्षिक बैठकलाई सम्बोधन गर्ने क्रममा ट्रम्पले आफुले अमेरिकी सिनेटलाई सो सम्झौता अनुमोदन नगर्न आग्रह गर्ने जानकारी दिएका छन् ।
अमेरिका विशवकै सबैभन्दा ठूलो हतियार निर्यात गर्ने मुलुक हुन् । यसको हतियार बिक्रि परिमाण रसियाको भन्दा ५८ प्रतिशत बढि रहेको छ । विश्वमा सबैभन्दा बढि हतियार बेच्नेमा रसिया दोश्रो स्थानमा रहेकाे छ ।
इन्डिायापोलिसमा आयोजित बैठकमा ट्रम्पले अमेरिकाले सो सम्झौतामा रहेको हस्ताक्षर फिर्ता लिने तथा चाँडै नै संयुक्त राष्ट्र संघलाई सो सम्झौताबाट अमेरिका अलिगिएको औपचारिक सूचना पुग्ने बताएका छन् ।
ट्रम्पले टिवट गरेका छन् , ‘ मेरो मातहतमा रहेको सरकारले अमेरिकी सार्वभौमलाई कोहि सामु कहिल्यै समर्पण गर्ने छैन । हामी कहिलेपनि विदेशी कर्मचारीहरुलाई तपाईंहरुको दोश्रो संशोधित स्वतन्त्रता कुल्चन दिन्नौं । त्यसै कारण पनि मेरो नेतृत्वमा रहेको सरकारले यो सम्झौतामा हस्ताक्षर गर्ने छैन । ’











प्रतिक्रिया