पोषण सुधारका लागि सामूहिक प्रतिबद्धता

0
Shares

नेपाल समाचारपत्र, सल्यान
सल्यानमा स्थानीय तहका जनप्रतिनिधि र स्वास्थ्य संयोजकहरुले बालबालिकाको स्वास्थ्य तथा पोषणमा सुधार गर्नको लागी सामुहिक प्रतिबद्दता जनाएका छन् ।

बालबालिका तथा गर्भवती महिलाहरुको स्वास्थ्यमा सुधार ल्याउने उद्देश्यले जिल्लाका सबै १० वटै स्थानीय तहका जनप्रतिनिधि तथा स्वास्थ्य संयोजकले सामुहिक प्रतिबद्दता जनाएका हुन् । जिल्लामा स्वास्थ्य तथा पोषणको क्षेत्रमा काम गर्दै आएको सुआहारा कार्यक्रमले जिल्ला स्वास्थ्य कार्यालय संगको सहकार्यमा आयोजना गरेको स्वास्थ्य तथा पोषण सम्बन्धी दुई दिन सम्म सल्यानको खलंगामा संचालन गरिएको स्वास्थ्य तथा पोषण कार्यशाला गोष्ठीमा १० वटै स्थानीय तहका जनिप्रतिनिध, स्वास्थ्य संयोजक,, सहसंयोजहरुले आगामी दिनमा स्वास्थ्य र पोषणको क्षेत्रमा बढवा दिनको लागी कार्ययोजना बनाएर काम गर्ने प्रतिबद्धता जनाएका छन ।

उनिहरुले स्वास्थय आमा समुहलाई सुदृढिकरण, स्वास्थ्य, पोषण र सरसफाई सम्बन्धी सचेतना अभियान, सस्थागत सुतकेरी बढाउनको लागी प्रोतसाहनको ब्यवस्था लगायतका योजना बनाई काम गर्ने प्रतिबद्धता जनाएका छन ।

बालबालिका तथा गर्भवती महिलाहरुका लागी स्वास्थ्य क्षेत्रमा आप्mनो गाउँपालिकाले विशेष चासोका साथ योजना बनाएर कार्यक्रम सम्पन्न गर्ने त्रिवेणी गाउँपालिकाका अध्यक्ष मान बहादुर डांगीले प्रतिबद्दता जनाउन् भयो । उहाँले स्वास्थ्य क्षेत्रमा बजेट विनियोजन गर्नुभन्दा पहिले सम्बन्धित व्यक्तीलाइ राखेर योजना बनाएर अगाडी बढ्ने बताउनुभयो ।

 

स्वास्थ्य क्षेत्र अतिनै संवेदनशील तथा अस्तव्यस्त भएको बताउँदै गाउँपालिका अध्यक्ष डांगीले स्वास्थ्य क्षेत्रमा राज्यले छुट्याएको रकम समयमै निकासा गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नु भयो, “राज्यले स्वास्थय क्षेत्रमा छुट्याएको रकम समयमा निकासा नगरेकाले पनि काम गर्न समस्या भएको छ ।”

स्वास्थ्य क्षेत्र महत्वपुर्ण भएकाले बिधि अपनाएर सहि तथ्याङक संकलन गरी स्वास्थ्य र पोषणका कुराहरुमा सुधार गर्नुपर्ने बागचौर नगरपालीकाका उपप्रमुख कल्पना पुनले बताउनु भयो । बिगतका बर्षहरुमा योजना बनाउदा स्वास्थ्यको क्षेत्रमा त्यति ध्यान नदिएकाले अब योजना बनाएर काम गर्ने उहाँले बताउनु भयो ।

जिल्ला स्वास्थ्य कार्यालय सल्यानका प्रमुख रामराज नेपालीले जनप्रतिनिधि र स्वास्थ्यकर्मीले सहकार्य गरेर काम अगाडी बढेमा स्वास्थ्य क्षेत्रमा फड्को मार्न सकिने बताउनु भयो । दुबै बिच एक आपसमा, समन्व, संचार र सहकार्य भएमा परिर्वतन ल्याउन सकिने बताउनु भयो ।
एकै प्रकृतिको कामलाइ निरन्तरता दिनु भन्दा केही नयाँसोचका साथ अगाडी बढेमा नतिजा परिणाममुखी आउनेमा उनको जोड थियो । स्वास्थ्य आमा समूहलाई सुदृढीकरणको लागी सामुहिक रुपमा विभिन्न प्रतबिद्दता जनाएको सुआहारा कार्यक्रमका फिल्ड संयोजक तोरण बुढाथोकीले जानकारी दिनुभयो ।