अज्ञात रोगका कारण ८ जनाको मृत्यु

0
Shares

अर्जुन बोहरा, सिमकोट
अज्ञात रोगका कारण हुम्लाको ताँजाकोट गाउँपालिकामा ८ जनाको मृत्यु भएको छ भने एक दर्जन भन्दा बढि बिरामी परेका छन । एक सातासम्म फैलिएको अज्ञात रोगका कारण शुक्रबारसम्म मर्नेको सङ्ख्या ८ पुगेको हो । बिरामीको उचित उपचार र रोगको पहिचान नभएका कारण रोग फैलिँदै गएको छ । रोगबाट ताँजकोट गाउँपालिका मैला, मदानलगायतका गाउँमा दर्जोको बिरामी परेको स्थानीय बासिन्दा बताएका छन् । सुरुमा बिरामीको टाउको दुख्ने, वाकवाकी लाग्ने, छाती दुख्ने, ज्वरो आउने र अन्त्यमा मृत्यु हुने गरेको छ ।

ग्रामीण भेगमा रहेका स्वास्थ्य संस्थामा औषधि नहुनुका साथै स्वाथ्यकर्मि नबस्नुकै कारणल कारण उपचारमा समस्या हुँदै आएको स्थानीयले वताएका छन् । एक हप्ताअघि पानी परेसँगै अज्ञात रोग फैलिए पछि मृत्यु हुनेमा ताँजाकोट गाउँपालिका, १ का ७० वर्षीय कुशुमा रिठाल र ६० वर्षीय सुरजित खड्का रहेका छन् । यस्तै वडा नम्बर २ का ५५ वर्षीय रंगे कोली र ५ वर्षकी सुनकेसा सुनार, वडा नम्बर ३ का ७० वर्षीय अम्मकली मल्ल, ७५ वर्षीय बज्जीरे सुनार, ५५ वर्षीय लक्ष्य सुनार र १० महिनाका बालक सन्जिब थापा रहेको मेैला स्वास्थ्य चौकीका अहेब मोतीलाल जैशीले बताउनु भयो ।

स्वास्थ्य चौकीमा प्रयाप्त मात्रामा औषधी नभएको र स्वाथ्यकर्मि स्वाथ्य चौकीमा नबसेकै कारणले गाउँमा विरामीको संख्या बढेको गाउँपालिका अध्यक्ष छत्यायले बताउनु भयो । मृत्यु हुने सबैको श्वासप्रश्वास र दमसम्बन्धि समस्या रहेको उहाँको भनाइ छ । घटनास्थल सदरमुकाम सिमकोटदेखि ४५ कोष टाढा भएकाले के रोगका कारणले ज्यान गएको हो भन्ने जानकारी नभएको प्रमुख जिल्ला अधिकारी धोलकराज ढकालले बताउनुभयो ।

औषधि र स्वास्थ्य कर्मीको अभाव हुन नदिन र उक्त रोगको रोगथामका लागि प्रदेश सरकार सामाजिक विकास मन्त्रालयबाट औषधिसहित स्वास्थ्यकर्मीको टोली घटना स्थलमा जाने तयारी भइरहेको गाउँपालिकाका अध्यक्ष मल्लले बताए । अहिले रोगसंक्रिमित गाउँमा शिवीर संचालन भईरहेको र कुनै पनि स्वास्थ्य संस्थाका कर्मचारीलाई कार्यक्षेत्र नछोड्न पनि निर्देशन दिएको छन्त्याले बताउनुभयो ।