भिडियो बनाएर सामूहिक बलात्कार 

0
Shares

बाँके, (नेस)
बाँकेमा १५ वर्षीया किशोरी सामुहिक बलात्कृत भएकी छन् ।
बैजनाथ गाउँपालिकाको देउराली सामुदायिक वनमा १५ वर्षीया किशोरीलाई बलात्कार गरेको अभियोगमा १८ वर्षका विरु वली र २६ वर्षका रामजी रोकायलाई पक्राउ गरिएको छ । किशोरीले दुवैको नाममा किटानी जाहेरी दिएकी छन् । इलाका प्रहरी कार्यालय, कोहलपुरका डिएसपी रमेशबहादुर सिंहको टोलीले भाग्दै गरेको अवस्थामा दुवैलाई पक्राउ गरेको जनाएको छ ।

बुधबार दिउँसो २ बजेतिर घरमा एक्लै रहेकी किशोरीलाई तानेर जंगलमा लगिएको थियो । जंगलमा लगेपछि शुरुमा विरुले बलात्कार गरे । अलिकति टाढा बसेका रामजीले मोबाइलमा भिडियो बनाए । विरुले बलात्कार गरिसकेपछि रामजी घटनास्थलमा पुगे । किशोरीलाई ‘यौनकाण्ड’को भिडियो बनाएकाले आफूलाई पनि यौन सम्पर्क गर्न नदिए बाहिर ल्याइदिने धम्की दिए । त्यसपछि रामजीले बलात्कार गरे ।
किशोरीले विरु र रामजीको नाममा किटानी जाहेरी दिएकी छन् । इलाका प्रहरी कार्यालय, कोहलपुरले दुवैलाई पक्राउ गरेर आवश्यक कारबाही प्रक्रिया अघि बढाइसकिएको छ । दुवैलाई म्याद थप गरिएको छ ।

प्रहरीले रामजीको मोबाइल जाँच गर्दा भिडियो थिएन । उसले खाली धम्की दिएको आशंका गरिएको छ । ‘डिलिट गरेको पनि हुन सक्छ’ प्रहरीले भनेको छ ।

जंगलको छेउमै रहेकी किशोरीलाई विरुले जिस्क्याइरहन्थे । बंगुर फारममा काम गर्ने दुवै जना त्यस दिन मदिरा पिएर गएका थिए । मदिराको सुरमा रहेका उनीहरुले घरमा एक्लै रहेकी किशोरीलाई देखेपछि ‘सैतानी’ सोच बनाएका थिए ।