विप्लवका दुई नेताले पार्टी त्यागे

0
Shares

भक्तपुर, (नेस)
भक्तपुरका दुई जिल्ला नेताले नेकपा विप्लव समूहको पार्टी परित्याग गरी सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा प्रवेश गरेका छन् । भक्तपुर जिल्लाको सूर्यविनायक नगरपालिका–९ का“क्राबारीमा आयोजित पत्रकार सम्मेलनमा विप्लव समूहका जिल्ला कमिटी सचिवालय सदस्य तथा सूर्यविनायक नगरपालिका इन्चार्ज यादव तामाङ र युवा नेता विराज तामाङ नेकपामा प्रवेश गर्नुभएको हो । उहा“हरुलाई नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा सांसद महेश बस्नेतले पार्टी प्रवेश गराउनुभयो ।

नेकपामा प्रवेश गर्दै यादव तामाङले विप्लव समूहको चन्दा आतंक र ध्वंसात्मक गतिविधि आम नेपाली जनतालाई दुःख दिने नियतका साथ अघि बढेको बताउ“दै राज्यको मूल धारमा हरेर देश र जनताको पक्षमा अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
विप्लव समूहको सिद्धान्त ठीक बेठीक आफ्नो ठाउ“मा होला तर पार्टीको सिद्धान्तभन्दा पनि व्यक्तिगत स्वार्थ बोकी अघि बढेको उहा“ले बताउनुभयो ।’

सांसद बस्नेतले सर्वाहारा र मध्यमवर्गका मानिसलाई गोलबन्द गर्दै शान्तिपूर्ण आन्दोलनको माध्यमबाट अघि बढी राष्ट्रको उन्नति तथा प्रगतिको मार्गमा अघि बढ्नुको विकल्प नभएको बताउनुभयो ।

पूर्वउद्योगमन्त्री समेत रहनुभएका सांसद बस्नेतले शान्ति, सहकार्य नै विकास र समृद्धिको माध्यम भएको बताउनुभयो । उहा“ले विप्लव समूहको कार्य जनतालाई दुःख दिने र अनावश्यक डर, त्रास फैलाउने मात्र भएको बताउ“दै राज्यको मूल धारमा आई राजनीति गर्न विप्लव समूहलाई आग्रहसमेत गर्नुभयो ।