वर्तमान सरकारले नै देशको कांचुली फेर्ने दावी

0
Shares

नेपाल समाचारपत्र, भक्तपुर
पूर्वउद्योगमन्त्री तथा सांसद महेश बस्नेतले वर्तमान सरकारको कार्यकालमा नै देशले विकास र समृद्धिमा का“चुली फेर्ने बताउनुभएको छ ।
सूर्यविनायक नगरपालिका–९ स्थित का“क्राबारीको सरस्वती माध्यमिक विद्यायलको नवनिर्मित ८ कोठे भवन उद्घाटन कार्यक्रममा बोल्दै सांसद बस्नेतले अब देशमा अविकसित भएर बस्नुपर्ने दिनको अन्त्य हुने बताउनुभयो ।

उहा“ले अब भक्तपुरमा विकासको प्रतीक्षा गर्ने नभई देशकै नमुना भएको हेर्ने दिन आएको दावी गर्नुभयो ।
सांसद बस्नेतले समृद्ध नेपाल सुखी नेपालीको अभियानलाई सार्थक बनाउन राज्यका तीनै तहका सरकारले एक ढिक्क भई काम गर्नुपर्ने बताउ“दै विकासको राष्ट्रिय अभियान अघि बढेको बताउनुभयो ।

सांसद बस्नेतले देश विकासका लागि शिक्षा अहिलेको मेरुदण्ड भएको बताउ“दै शिक्षाको विकास गर्दै सीप र व्यवसायको प्रवद्र्धन गर्नुपर्नेमा जोड दिनुभयो ।

बस्नेतले का“क्राबारीलाई इको भिलेजका रुपमा विकास गर्दै पर्यटकीय गन्तव्यको रुपमा अघि बढाउने काम भइरहेको बताउनुभयो । उहा“ले भक्तपुरमा होमस्टे, भ्यु टावर, रंगशाला, कबर्ड हल, सभागृह, आधुनिक वीर अस्पताल, प्राणी उद्यान केन्द्रलगायतका राष्ट्रिय गौरवका आयोजना निर्माण हुने प्रक्रिया अघि बढिरहेको जानकारी गराउनुभयो ।

शिक्षा सैद्धान्तिक मात्र नभई व्यावहारिक हुनुपर्नेमा जोड दि“दै उहा“ले हु“दा खाने र हुने खानेबीचको शिक्षाको खाडललाई अन्त्य गर्नुपर्नेमा जोड दिनुभयो । विगतमा नेतृत्वमा रहेका व्यक्तिले समयमा नै ध्यान नदि“दा भक्तपुरको विकासले तीव्रता लिन नसकेको बताउ“दै आगामी दिनमा विकासले तीव्रता पाउने र विकासको कुनै चिन्ता लिनु नपर्ने बताउनुभयो ।

जिल्ला आयोजना कार्यान्वयन इकाइको १ करोड ९ लाखको लागतमा निर्मित उक्त भवनको उद्घाटनमा सूर्यविनायक नगरपालिकाका उपप्रमुख जुनदेवी बस्नेत, इकाइका प्रमुख डिलीश्वर प्रधान, सूनपा–८ का वडाध्यक्ष किरण थापा, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा सूनपा–९ का वडाध्यक्ष उपेन्द्रराज केसी, नेपाल पत्रकार महासंघ भक्तपुरका अध्यक्ष पुष्करराज बुढाथोकीलगायतले शिक्षा क्षेत्रको विकास र विस्तारमा सामुदायिक विद्यालयको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो ।

सो अवसरमा विद्यालयलाई जग्गा दान दिने दाताहरु शंकर तामाङ, देवबहादुर तामाङ, रत्नबहादुर तामाङ, साइली तामाङ र ज्ञानबहादुर तामाङलाई सम्मान गरिएको थियो ।