प्रधानमन्त्रीको भूमिका स्वागतयोग्य

0
Shares

काठमाडौ(नेस) । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता एवम् पूर्व रक्षामन्त्री भीमसेनदास प्रधानले प्रधानमन्त्री केपी शर्मा ओलीले कडा निर्देशन दिएकोले खुल्ला मञ्चका सटर हटाईएको भन्दै प्रधानमन्त्री ओलीलाई धन्यवाद दिनुभएको छ ।

रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै नेता प्रधानले खुल्लामञ्चको सटर हटाउनक लागि प्रधानमन्त्री ओलीको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो ।

 

बैशाखभित्रमा टुँडिखेलको अतिक्रमित जग्गा खालि नभएको भए आफूहरुले जेठ १५ गतेदेखि सशक्त आन्दोलन गर्ने योजना बुनिसकेको पनि प्रधानले दावी गर्नुभयो ।

उहांले ईतिहासमै मिडियाले छ्याप्छ्याप्ती गरेर समाचार छापेको पनि यही टुँडिखेलको जग्गा प्रकरण भएको जिकिर गर्नुभयो ।
उहांले सार्वजनिक सम्पत्ति जोगाउन सबै लाग्नुपर्छ । भूमाफीयाहरुलाई कडाभन्दा कडा कारबाही गर्नु पर्ने बताउनुभयो । कुनै दल विशेषको नभई जनताको प्रतिनिधि भएर यस्तो गलत कार्यको विरोध गर्नुपर्ने उहांको भनाई थियो । ‘भ्यु–टावर’बाट सुरु भएको माफियाकरण खुल्लामञ्चसम्म पुगेको नेता प्रधानले आरोप लगाउनुभयो ।

कार्यक्रममा प्रदेश नम्बर ३ का सांसद विराजभक्त श्रेष्ठले खुल्लामञ्चका सटर हटाउन सफल भएको भन्दै सबैलाई भन्यवाद दिनुभयो । उहांले भन्नुभयो –सार्वजनिक सम्पत्ति लुटिनु भनेको हामी ३ करोड नेपाली जनता लुटिनु हो । खुल्लामञ्चका सटर हटाउन नै हाम्रो जीत होईन् । यो त सानो उपलब्धिमात्रै हो ।’