लागू औष सहित पक्राउ

0
Shares

काठमाडौ(नेस)। चन्द्रागिरी नगरपालिका–२ नागढुङ्गास्थित जुम्ला चन्द्रनाथ नगरपालिका–६ घर भएका धरम रावललाई अवैध लागूऔषध ब्राउनसुगर करिब ४ ग्राम सहित शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरीले नेपालगंजबाट काठमाडौं आउँदै गरेको ना.६ ख २४७४ नम्बरको बस जाँच गर्ने क्रममा बसमा सवार रावललाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

त्यसैगरी ललितपुर, महालक्ष्मी नगरपालिका–१० लाकुरीभञ्ज्याङबाट अवैध लागूऔषध गाँजा करिब २ केजी ६ सय ग्राम सहित ललितपुर बालकुमारी बस्ने मकवानपुर हटिया गाउँपालिका–४ घर भएका ३६ वर्षीय पिटर बिसी समेत ३ जनालाई शुक्रबार दिउसो प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय प्रहरी प्रभाग लाकुरीभञ्ज्याङबाट खटिएको प्रहरीले बा.१ ज ५१३१ नम्बरको ट्याक्सी जाँच गर्ने क्रममा ट्याक्सीमा सवार उनीहरुलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।