मिर्गौला पीडितलाई १ लाख २० हजार सहयोग

0
Shares

नेपाल समाचारपत्र, भक्तपुर
दुवै मिर्गौला खराब भई आर्थिक समस्याका कारण उपचार गर्न नसकेका दीपकबहादुर धामी (दीपेन्द्र) लाई औद्योगिक शान्ति नेपाल संस्था र मध्यपुर ब्वाइज ब्यान्डद्वारा उपचारका लागि १ लाख २० हजार रुपिया“ सहयोग गरिएको छ ।

बझाङ जिल्ला दुर्गाथली गाउ“पालिकाका २५ वर्षीय धामीको २०७३ फागुनमा दुवै मिगौला फेल भई शहीद धर्मभक्त राष्ट्रिय अंग प्रत्यारोपण केन्द्रमा डाइलासिस गराइराखेको र उहांको उपचारका लागि आर्थिक अभाव भएपछि सहयोग प्रदान गरेको संस्थाका अध्यक्ष सन्दीप महतले जानकारी दिनुभयो ।

भक्तपुरमा आयोजित व्यापार मेलामा प्राप्त मुनाफाबाट सामाजिक सेवा गर्ने उद्देश्यले मिर्गौला पीडितलाई सहयोग गरेको अध्यक्ष महतले जानकारी दिनुभयो । धामीलाई संस्थाका अध्यक्ष महत, मध्यपुर ब्वाइज ब्यान्डका अध्यक्ष सुनिल वज्राचार्य र मेला आयोजक समितिका संयोजक दीपक थापाले सहयोग रकम हस्तान्तरण गर्नुभएको थियो ।

मिर्गौलाको डाइलासिस, औषधी र अन्य उपचारमा हालसम्म ३० लाखभन्दा बढी खर्च भइसकेकाले मिर्गौला प्रत्यारोपण गर्न आर्थिक अभाव रहेको पीडित धामीले बताउनुभयो । सरकारले प्रदान गर्ने २ लाख बराबरको उपचार सहयोग पनि सकिएको र गाउ“को जग्गा बिक्री गर्दा पनि अझै १२–१३ लाख रुपिया“ ऋण रहेकाले उपचार गर्न समस्या रहेको उहांको भनाइ थियो

श्रीमती सरितादेवी धामीले श्रीमान्का लागि मिर्गौला दिन तयार भएको भए पनि प्रत्यारोपण गर्न १३–१४ लाखभन्दा बढी रकम लाग्ने भएकाले त्यति रकम नहुँदा अहिलेसम्म मिर्गौला प्रत्यारोपण गर्न नसकेको पीडित धामीको गुनासो छ ।

बिरामीलाई फलफूल
नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालको स्थापना दिवसका अवसरमा शनिवार अस्पतालका बिरामीलाई फलफूल बितरण गरिएको छ ।
भक्तपुरको मध्यपुर थिमि–४ स्थित अस्पतालमा आयोजित एक समारोहका बीच फलफूल बितरण गरिएको हो । नगर प्रमुख मदन शुन्दर श्रेष्ठ, अस्पतालका कार्यकारी निर्देशक डा. ज्ञान कृष्ण कायस्थ, नेपाल पत्रकार महासंघ भक्तपुरका अध्यक्ष पुष्करराज बुढाथोकीलगायतले बिरामीको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै हर्लिक्स, फलफूल, जूस लगायतका सामग्री प्रदान गर्नुभएको थियो ।

उक्त अवसरमा अस्पतालको इमरजेन्सी लगायतका बिभिन्न वार्डमा भर्ना भई उपचाररत करिव तीन दर्जन बिरामीलाई फलफूल बितरण गरिएको कार्यक्रम संयोजक हरिदाश प्रजापतिले बताउनुभयो । अस्पतालले आइतवार बिहान एक कार्यक्रमको आयोजना गरेर स्थापना दिवस मनाउने भएको छ ।