उपाधि जापानका मकातोलाई, नेपाली खेलाडीलाई कारले ठक्कर दियो

0
Shares

विजय नेपाली, पोखरा
एशियन कप ट्रायथलन प्रतियोगितामा जापानका मकातो डाकुराले ७५० मिटर स्विमिङ ट्रायथलनको स्प्रिन्ट विधामा २० किमी साइक्लिङ र ५ किमी दौड ५४ मिनेट १६ सेकेण्डमा पुरा गर्दै स्वर्ण हासिल गरेका छन् ।

शनिबार नेपालमै पहिलो पटक एसियन स्तरको प्रतियोगिता भएकोमा पोल्याण्डका म्याकोन्तोसले रजत तथा दक्षिण कोरीयाका जिवान किङले कास्य प्राप्त गरे । म्याकोन्तोसले निर्धार्रि्रत दुरी ५४ मिनेट ३३ सेकेडमा पार गरे भने किङले ५५ मिनेट २ सेकेण्डमा दुरी सकाएका थिए ।

यता प्रतियोगितामा नेपालका खेलाडी भने घाइते भएका छन् । दिपेश चौधरी पौडि सकाएर साइक्लिङ गर्ने क्रममा पोखराको हिमाली टोलमा दुर्घटनामा परेका हुन् । उनलाई बा २१ च ४५९९ को क्रेटा कारले ठक्कर दिएको थियो । कार चालक अम्मर कुमार विकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । आयोजकले व्यवस्थापनमा ध्यान पुराउन नसक्दा दुर्घटना भएको चौधरीले गुनासो गरेका थिए ।

त्रिभुवन आर्मी क्लबका खेलाडीले हालै सम्पन्न भएको आठौं राष्ट्रिय खेलकुदमा समेत स्वर्ण पदक जितेका छन् । उक्त दुर्घटनापछि स्वर्ण पदक जितेका जापानी खेलाडी मकातोले पौडीको लागि फेवाताल अनुकुल भए पनि साइक्लिङ र दौडमा भने खुल्ला सडकमै हुदा जोखिम भएको बताए ।

त्यसै गरी महिलातर्फको एयिशन कप ट्रायथलन कोरियाकी लेजीङले स्वर्ण, जापानकी कोनामीले रजत र जापानकै टाका मिनीले कास्य पदक जिते । लेजीङले १ घन्टा २ मिनेट ५६ सेकेन्डमा , कोनामीेले उक्त दुरी १ घन्टा ३ मिनेट ५१ सेकेन्ड र ताकामिनेले १ घन्टा ४ मिनट ५५ सेकेन्डमा दुरि पार गरेका थिए ।

त्यसैगरी दक्षिण एशियाली ट्रायथलन च्याम्पियनसिपमा भने नेपालका वसन्त थारुले स्वर्ण हात पारेका छन् । थारुले निर्धारित दुरी १ घण्टा ३ मिनेट ५ सेकेण्डमा पार गरेका थिए । आर्मीका थारुले ६ पटक सहभागिता हुँदा २ स्वर्ण र ३ कांस्य हासिल गरेका थिए । भारतका लोकेस कुमारले १ घण्टा ७ मिनेट ३ सेकेण्डमा रजत हासिल गरे । त्यसै गरी १ घण्टा ८ मिनेटमा उक्त दुरी पार गरी नेपालका नितेस मानन्धर तेश्रो भए ।

उक्त इभेन्टको महिला तर्फ भारतकी प्राग्ना मोहनले १ घण्टा ९ मिनेट २३ सेकेण्डमा पार गर्दै स्वर्ण, १ घण्टा १२ मिनेट ४० सेकेण्डमा भारतकै मोनीका नागपुरेले रजत तथा १ घण्टा १८ मिनेटमा दुरी पार गरी नेपालकी सोनी गुरुङले कास्य पदक हासिल गरे । प्रतियोगितामा नेपाल, जापान, कोरिया, काजाकिस्तान, लिथुनिया, पोल्याण्ड, अष्ट्रेलिया, भारत र बंगलादेशका पुरुष तर्फ १९ र महिला तर्फ ८ खेलाडीहरुले प्रतिस्पर्धा गरेका थिए ।

त्यस्तै दुवाथलनमा आर्मीका हिमाल टमाटाले ५ कि.मि. दौड, २० किलोमिटर साइक्लिङ, २.५ किलोमिटरको दौड ५७ मिनट १४.३० सेकेन्डमा पुरा दुरि पूरा गर्दै स्वर्ण र महिला तर्फ एपिएफकी हुमा बुढा मगरले १ घन्टा १० मिनट ४५.२२ सेकेन्डका साथ स्वर्ण जितिन् ।