ज्योति लाइफ इन्स्योरेन्स र सुमेरु अस्पतालबीच सम्झौता

0
Shares

काठमाडौं, (नेस)
ज्योति लाइफ इन्स्योरेन्स र सुमेरु अस्पतालबीच सम्झौता भएको छ । उक्त सम्झौतामा ज्योति लाइफ इन्स्योरेन्समा आबद्ध निश्चत मापदण्ड पूरा गरेका ग्राहक, अभिकर्ता, कर्मचारी तथा शेयरधनीलाई विशेष कार्ड जारी गरिने र उक्त कार्डबाहक तथा निजका परिवारका सदस्यले सुमेरु अस्पतालबाट उपलब्ध हुने स्वास्थ्य उपचार सेवामा विशेष छुट प्राप्त गर्नेछन् ।

सम्झौतापत्रमा ज्योति लाइफ इन्स्योरेन्स कम्पनीका कार्यकारी उपप्रमुख प्रकाश विक्रम खत्री र अस्पतालका प्रबन्ध निर्देशक हेमराज दाहालले हस्ताक्षर गर्नुभएको थियो भने उक्त कार्यक्रममा अस्पताल र कम्पनीका अन्य पदाधिकारीहरुको उपस्थिती रहेको थियो ।