नेपाल लाइफमा पश्चिम क्षेत्रकै ठूलो बीमालेख जारी

0
Shares

बुटवल, (नेस)
नेपाल लाइफ इन्स्योरेन्स कम्पनी बुटवल शाखामा हालसम्मकै ठूलो बिमांकको पोलिसी (बीमालेख) जारी भएको छ । यस अगाडि १ करोड ८६ लाख रुपिया“ बराबरको पोलिसी जारी भएकोमा अहिले त्यसलाई उछिन्दै दुई करोड रुपिया“को पोलिसी जारी भएको हो ।

पश्चिमाञ्चल क्षेत्रअन्तर्गत सबैभन्दा बढी कारोबार हुने उक्त शाखामा सिनियर एजेन्सी म्यानेजर (अभिकर्ता) यदुनन्द भण्डारीले २ करोड रुपिया“को पोलिसी ल्याउनु भएको हो । उक्त शाखामा त्यस अगाडिको सबैभन्दा ठूलो पोलिसी १ करोड ८६ लाख पनि उहा“ले नै ल्याउनु भएको नेपाल लाइफ इन्स्योरेन्स कम्पनी बुटवल शाखाका प्रबन्धक कुशलसिंह थापाले बताउनुभयो । उहा“का अनुसार बुटवल शाखाअन्तर्गत हाल २ हजार जना अभिकर्ता सक्रिय छन् ।

पश्चिम क्षेत्रको ठूलो शााखा बुटवलमा मात्रै गत असार मसान्त सम्म ८६ हजार ९३१ पोलिसी जारी भएका थिए । हाल त्यो संख्या बढेर एक लाखको हाराहारीमा पुगेको शाखा प्रबन्धक थापाले बताउनुभयो । गत असार मसान्त सम्म यो कम्पनीको २३ लाख ८ हजार ५२ वटा बीमा पोलिसी जारी भएका छन् । नेपाल लाइफ इन्स्योरेन्सको ७० जिल्लामा १२० शाखा कार्यालय रहेका छन् ।

कुल बीमाको ३५ प्रतिशत हिस्या यो कम्पनीले ओगटेको कम्पनीको दाबी छ । हाल नेपालमा १९ वटा जीवन बीमा कम्पनी छन् । यो कम्पनीले हालसम्म १० अर्वभन्दा बढी दावी भुक्तानी गरिसकेको छ भने यसको चुक्ता पु“जी ४ अर्ब ३९ करोड, ५८ अर्ब रुपिया“ लगानी गर्नुका साथै ६६ अर्ब रुपिया“ बीमा कोष रहेको जनाएको छ । त्यस्तै प्रतिहजारमा ६५ देखि ८२ रुपिया“सम्म बोनस प्रदान गरिने कम्पनीले जनाएको छ ।