राइनो ५०० डि द्वारा निर्माणकर्मी सम्मेलन आयोजना

0
Shares

काठमाडौं, (नेस)
शंकर गु्रपको उत्पादन राइनो ५०० डि को आयोजनामा निर्माणकर्मीसमक्ष प्राविधिक ज्ञान प्रस्तुत गर्ने उद्देश्यका साथ बृहत् अन्तरक्रियात्मक कार्यक्रमसम्पन्न भएको छ । उक्त कार्यक्रम ‘हाम्रो विश्वास राइनो डक्टिलिटी’ भन्ने मूल सन्देशको साथ वीरगन्जमा आयोजना गरिएको थियो ।
उक्त कार्यक्रममा १५० ं उपस्थित निर्माणकर्मी माझ राइनो फलामे छडको प्राविधिक पक्षको विस्तृत जानकारी सहितको प्रस्तुतिकरण पेश गरिएको थियो ।

उक्त उत्पादनको बारेमा बोल्ने क्रममा राइनो स्टील्स्का ब्राण्ड म्यानेजर निरज बानिय“ले फलामे छडको इतिहास, उत्पादन प्रक्रिया र साथमा कसरी यसको उत्पादन प्रक्रियाले छडको गुणस्तर निर्धारण गर्दछ भन्ने कुरा विस्तृत रुपमा बुझाउनुभयो । रासायनिक तथा यान्त्रिक गुणले कसरी फलामे छडको ग्रेड (स्तर) र गुणस्तरमा प्रभाव पार्दछ भन्ने कुराको पनि थप जानकारी उहा“ले दिनुभएको थियो ।

त्यसैगरी कम्पनीले हालै सुरुवात गरेको हाम्रो विश्वास राइनो डक्टिलिटी नामक फलामे छडको डक्टिलिटी (लचकता) सम्बन्धी नया“ जनचेतना अभियानका बारेमा पनि उपस्थित महानुभवहरु समक्ष अद्यावधिक गराइयो । हाल यस अभियान देशभर तीव्र रुपमा सञ्चारका सम्पूर्ण माध्यम मार्फत जारी छ ।

निर्माणकर्मी तथा निर्माण व्यवसायीहरुको उत्साहजनक सहभागिता रहेको यस कार्यक्रममा आयोजक समूहले उपस्थित सहभागीस“ग अन्तरक्रिया गरिएको थियो ।

त्यस्तै उक्त कार्यक्रमा सो समूहको रिद्धि सिद्धि सिमेन्टको पनि प्राविधिक पक्षको विस्तृत जानकारी सहितको प्रस्तुतिकरण पेश गरिएको थियो । यस उत्पादनका बारेमा बोल्ने क्रममा रिद्धि सिद्धि सिमेन्टका सहायक ब्रान्ड म्यानेजर अनुज महतले यस सिमेन्टको उपयोगिता, उचित प्रयोग तथा ंविशेषताको साथसाथै सिमेन्टको उत्पादन प्लान्टमा प्रयोग गरिएका प्रविधिका बारेमा बयान गर्नुभयो ।

उहा“ले संसारकै सर्वोत्कृष्ट युरोपेली प्रविधियुक्त प्रक्रियाद्वारा उत्पादित उक्त सिमेन्टको गुणस्तरमा जोड दिनुभयो । उहा“ले थप प्लान्टमा प्रयोग गरिएको भर्टिकल रोलर मिल (भि.आर.एम.), एफ.एल. स्मिथको रोबो ल्याब सिस्टम, सेन्ट्रल कन्ट्रोल रुम टेक्नोलोजी तथा नेपालमा पहिलो पटक प्रयोग गरिएको लेजर सिल प्याकेजिङ लगायतका विभिन्न प्रविधिहरुका बारेमा विस्तृत जानकारी दिनुभयो ।