प्रभु बैंकको कालिमाटीस्थित तरकारी बजारमा एक्स्टेन्सन काउन्टर

0
Shares

काठमाडौं, (नेस) प्रभु बैंकले कालिमाटीस्थित फलफूल तथा तरकारी बजारमा एक्स्टेन्सन काउन्टर स्थापना गरी सञ्चालनमा ल्याएको छ । कालिमाटी फलफुल तथा तरकारी बजार विकास बोर्डका कार्यकारी निर्देशक तेजेन्द्रप्रसाद पौडेलले उक्त काउन्टरको उद्घाटन गर्नुभएको थियो ।

बैंकले कालीमाटी फलफूल तथा तरकारी बजार बिकास समितिमा आबद्ध कृषि तथा फलपूmल व्यवसायीहरुस“ग प्रत्यक्ष सम्पर्क सम्बन्ध स्थापित गरी बैंकिङ पहु“च विस्तार गरी कृषि क्षेत्रको विकास एवम् प्रवद्र्धन तथा बजारीकरणमा प्रत्यक्ष टेवा पुग्ने गरी अत्याधुनिक तथा गुणस्तरीय बैंकिङ सेवा उपलब्ध गराउने उद्देश्यले कालिमाटीमा आप्mनो एक्स्टेन्सन काउन्टर खोली सञ्चालनमा ल्याएको हो ।

बैंकले अन्नवाली, तरकारी बाली, चिया÷कफी, फलपूmल तथा पुष्प खेती, पशुपालन÷पशु बधशाला, माहुरी पालन, सि“चाइ, माछा पालन, शित भण्डारण लगायतका क्षेत्रमा प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा उल्लेख्य कर्जा लगानी गरिरहेको छ ।