मुक्तिनाथ विकास बैंकको नयाँ शाखा चितवनको हाकिमचोकमा


काठमाडौं, (नेस)
मुक्तिनाथ विकास बैंकले चितवनको, हाकिमचोक शाखा स्थापना गरी सञ्चालनमा ल्याएको छ ।

उक्त शाखाको समुद्घाटन भरतपुर महानगरपालिकाका उपमेयर पार्वती शाहले गर्नुभयो । शाखा कार्यालय उद्घाटन गर्दै शाहले मुक्तिनाथ विकास बैंकले विभिन्न शीर्षकमा कर्जा उपलब्ध गराई मानिस लाई व्यवसायी बन्नमा पु¥याएको सहयोग उल्लेखनीय रहेको तथा आगामी दिनमा बैंकले अझ गुणस्तरीय सेवा प्रदान गर्दै सामाजिक तथा आर्थिक विकासमा थप योगदान पु¥याउन सफल बनोस् भन्दै शुभकामना व्यक्त गर्नु भयो ।

शाखा कार्यालयको समुद्घाटन समारोहमा बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत गोविन्द बहादुर राउत, स्थानीय जनप्रतिनिधी, व्यापारी, कर्मचारी, समाजसेवी तथा भद्रभलाद्मीहरुको उपस्थिति रहेको थियो । मुक्तिनाथ विकास बैंकले ११४ वटा शाखा, २२ वटा एटीएम र छ लाख ग्राहकलाई बंैकिङ सेवा प्रदान गर्दै आएको छ ।