महिन्द्राको सर्भिस सम्पन्न

0
Shares

काठमाडौं, (नेस)
नेपालमा महिन्द्रा गाडीको एकमात्र आधिकारिक वितरक अग्नि ग्रुपले आयोजना गरेको वीरगन्जमा महिन्द्रा ट्रयाक्टरका लागि फ्रि मेगा सर्भिस क्याम्प तथा स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

वैशाख ७ गतेदेखि ९ गतेसम्म सञ्चालित शिविरमा वीरगन्जबासीको उल्लेख्य सहभागिता रहेको थियो । फ्रि सर्भिस क्याम्पमा लुब्रिकेन्ट, स्पेयर पार्ट्स तथा अन्य एक्सोसरिजमा प्रदान गरिएको विशेष छुट प्रमुख आकर्षणका रुपमा लिइएको थियो । सर्भिस क्याम्पका सहभागी हुनुहुने भाग्यशाली विजेतालाई आकर्षक उपहार पनि प्रदान गरिएको थियो । मनोज शाही, सोनालाल राउत तथा वीरेन्द्र शाहले लक्की ड्र मार्फत उपहार समेत जित्नुभएको थियो ।

यो मेगा सर्भिस क्याम्पमा दक्ष प्राविधिकले साधनको परीक्षण गरेको थिए । साथै निःशुल्क स्वास्थ्य शिविर प्रमुख आकर्षणका रुपमा लिएको थियो भने समग्रमा यो क्याम्प सफल भएको जानकारी प्रेस विज्ञप्ति मार्फत जानकारी गराइएको छ ।