निगमको विमानले असारदेखि पुनः उडान शुरु गर्ने

0
Shares

दीपेन्द्र थापा, काठमाडौं
नेपाल वायुसेवा निगमले जुलाई ४ (असार १९) बाट जापान उडान गर्ने निश्चित भएको छ । जापान सिभिल एभिएसन ब्युरो (जेक्याब) बाट एओसी (वायुयान उडान अनुमति पत्र) पाएस“गै निगमले जापान उडान गर्ने निश्चित भएको हो ।
नेपाल वायु सेवा निगमलाई जेक्याबबाट यसअघिनै सुरक्षा जा“च पूरा गरेपछि बिहीबार उडान अनुमति पत्र पाएको निगमका सहप्रवक्ता नवराज कोइरालाले बताउनुभयो ।

‘जापानको सिभिल एभिएसन ब्युरोबाट उडान अनुमति पाएस“गै असार १९ बाट उडान हुने निश्चित भएको हो ।’ सहप्रवक्ता कोइरालाले भन्नुभयो । निगमले जापान नेपाल सिधा उडान गर्ने निश्चित भएको छ, यसको लागि भाडादर समेत निर्धारित भइसकेको निगमका जापानस्थित स्टेसन म्यानेजर सन्तोष पाण्डे बताउनुभयो ।

निगमले अनुमानित एकतर्फी ४५ हजार र दुईतर्फी ७७ हजार रुपिया“मा जापानबाट स्वीकृत भएको भए पनि यसमा निगमले आन्तरिक छलफलपछि केही हेरफेर गर्ने सक्ने पाण्डेको भनाइ छ । नियमले उडान अनुमति लिनको लागि अनुमानित भाडा बुझाउनुपर्ने भएकाले निगमले सो भाडादर बुझाएको पाण्डेको भनाइ छ ।

निगमले जापानमा जनरल सेल्स एजेन्ट नियुक्ति नगरेर प्रतिनिधिको रुपमा गैरआवसीय नेपाली संघका पूर्वअध्यक्ष देवमान हिराचनको आसका ट्राभल एन्ड टुरलाई जिम्मा दिएको निगमको भनाइ छ ।

निगमको विमान राति २ बजेर ३० मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट जापानको लागि उड्नेछ । ६ घण्टा ३० मिनेटको सिधा हवाई उडान गरेर नेपाल एयरलाइन्स विहान ११ बजेर ५५ मिनेटमा जापानको ओसाकास्थित कान्साई अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुनेछ ।
जापानी समयअनुसार दिउ“सो १ बजेर ५५ मिनेटमा यात्रु लिएर नेपालको लागि उड्नेछ ।

निगमले नया“ २ वटा एयरबस ३३०–२०० वाइडवडी विमान यसैवर्ष आयात गरेको थियो । विमानस्थलबाट ओसाकास्थित कान्साई अन्तर्राष्ट्रिय विमानस्थलमा साताको तीनवटा उडान (मंगलबार,बिहीबार शनिवार) भर्ने छ । २ सय ७४ सिट क्षमताको एयरबस ३३०–२०० मा १८ बिजनेस क्लास र २ सय ५६ इकोनोमि क्लासका सिट रहेका छन् ।

निगमले १२ वर्ष अगाडि विमानको अभाव देखाउ“दै वि.सं २०६४ बाट उडान बन्द गरेको थियो । नागरिक उड््डयन प्राधिकरणले भने निगमलाई नेपालको तर्फबाट जापान उडानको लागि वायुसेवा सञ्चालन (एओसी) अनुमति पत्र दिसकेको छ ।

निगमले दुई साताअघि मात्र काठमाडौंबाट जापानको राजधानी नारिता विमानस्थलमा उडानको लागि समेत निवेदन दिइसकेको छ । नेपाल र जापानबीच २५ वर्षपछि हवाई सेवा सम्झौता गत असारमा पुनारावलोकन भएको थियो । हवाई सम्झौतास“गै नेपाल र जापानबीच सातामा १४ वटासम्म उडान गर्न पाउने सहमति भएको छ ।

नया“ सम्झौतामा जापानको हनेडा विमानस्थल बाहेक सबै विमानस्थलमा उडान गर्न पाउने सम्झौतामा उल्लेख छ । यसअघि सातामा २ वटामात्रै उडान गर्न पाउने सम्झौता थियो । वार्षिक १० हजार विद्यार्थी जापान अध्ययनको लागि जाने गरेको सरकारी तथ्यांक छ भने करिब ८० हजारभन्दा बढी नेपाली विभिन्न पेसा व्यवसाय बनाएर जापान बसोबास गर्दै आएका छन् । सन् २०१८ मा ३० हजारको हाराहारीमा जापानी नागरिक नेपाल भ्रमणमा आउने गरेका छन्। हाल नेपाल जापान सिधा हवाई मार्गले जोडेको छैन । सन् २०१९ को फेब्रुअरीको अन्त्यसम्म निगमले उडान गर्ने गरी गृहकार्य गरिरहेको भए पनि प्रविधिक कारणले ढिला भएको थियो ।