सर्वोत्तम सिमेन्टको उपहार अफर

0
Shares

काठमाडौं, (नेस)
सर्वोत्तम सिमेन्ट प्रालिले नया“ वर्षको अवसरमा आफ्ना ग्राहकका लागि ‘मजबुती घरलाई, उपहार सबैलाई’ नामक योजना बजारमा ल्याएको छ ।

यस योजना अन्तर्गत ग्राहकहरुले प्रत्येक ५० बोरा सर्वाेत्तम ओपीसी र सर्वोत्तम पीएससी सिमेन्टको खरिदमा हात खाली नजाने उपहार प्राप्त गर्नेछन् । यस योजनामार्फत ग्राहकहरुले कुपन स्क्र्याच गरी ५५ इन्च र ६५ इन्चको स्मार्ट टीभी, ३२ इन्च र ३९ इन्च को एलईडी टीभी, २१० लिटरको फ्रिज, १ टनको एसी, ७ किलोको वासिङ मेसिन, १ दशमलव ८ लिटरको राइस कुकर, रिमोट भएको स्टाण्ड फ्यान, वाटर डिस्पेन्सर, बारफोनका साथै अन्य थुप्रै आकर्षक उपहारहरु पाउन सक्नुहुनेछ ।

नवलपरासीमा अवस्थित यस सर्वोत्तम सिमेन्ट प्रालिले नेपालकै सबैभन्दा उत्कृष्ट खानी पाल्पा तथा चितवनको चुनढुंगा मिश्रणबाट सिमेन्ट उत्पादन गर्दै आएको दाबी गरेको छ । यस सिमेन्ट उद्योेगको उत्पादन क्षमता दैनिक ४० हजार बोरा रहेको छ ।