शिक्षाशास्त्र अवधारणा र दृष्टिकोण सम्बन्धि तालिम सम्पन्न


सरस्वति न्यौपाने, रसुवा ।
विद्यालय व्यवस्थापन समिति तथा शिक्षकहरुको लागि समावेशी शिक्षाशास्त्र अवधारणा र दृष्टिकोण सम्बन्धि दुई दिने तालिम स्याफ्रुवेशी मा शनिबार सम्पन्न भएको छ ।

रसुवा अपाङ्गता पुर्नस्थापना केन्द्र नेपालको आयोजनामा हिउँमानिटी एण्ड इनल्कुजन काठमाण्डौको प्राविधिक सहयोगमा लगजम्बर मोफालक्सको आर्थिक सहयोगमा गोसाईकुण्ड गा.पा. को आठ विद्यालय जसमा अपाङ्गता भएका बालबालिका पठनपाठन गर्छन त्यस विद्यालयका प्र.अ सामाजिक शिक्षक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरुको सहभागितामा वैशाख १३ र १४ गते तालिम सम्पन्न भएको हो ।

रसुवा अपाङ्गता पुर्न स्थापना केन्द्र नेपाल का अध्यक्ष गम्भिर मानले को अनुसार तालिम अवधि भर बालबालिका मा हुने व्यक्तिक विविधता र समावेशी शिक्षा अवधारणा र पद्धति मान्यताहरु समावेशी शिक्षा अवधारणा र पद्धति मान्यताहरु समावेशी शिक्षा,बालअधिकार र अपाङ्गता भएका व्यक्तिहरुको अधिकार लगायतका विषयहरको छलफल भएका थिए ।