गोरखा सर्जक समाजद्वारा सत्यमोहन जोशी सम्मानित


काठमाडौँ ।

शताब्दी पुरुष सत्यमोहन जोशीलाई गोरखा सर्जक समाजले सम्मानित गरेको छ । शनिवार राजधानी स्थित लेखनाथ साहित्य सदनमा समाजद्वारा आयोजित कवि गोस्ठी तथा स्रस्टा सम्मान कार्यक्रममा जोशीलाई सम्मानित गरिएको हो ।कार्यक्रमका प्रमुख अतिथी समेत रहेका जोशीलाई गोरखा सर्जक समाजका अध्यक्ष तुलसीप्रसाद न्यौपाने र पूर्व मन्त्री तथा साहित्यकार चिरन्जिवी वाग्लेले सम्मान गर्नुभएको थियो ।

सम्मानका क्रममा जोशीलाई दोसल्ला तथा प्रमाणपत्र अर्पण गरिएको थियो ।कार्यक्रम माझ राष्ट्रकवि माधवप्रसाद घिमिरेबाट प्रेसित शुभकामना सन्देश वाचन गरिएको थियो । सोही कार्यक्रम माझ शताब्दी पुरुष सत्यमोहन जोशीले तारापति ढकालद्वारा लिखित कृति मेरा केही एकांकीहरुको विमोचन गरेका थिए ।कार्यक्रममा संस्कृतिविद् शताब्दी पुरुष जोशीले गोरखा सर्जक समाजबाट सम्मानित हुन पाउदा आफूलाई ज्यादै खुशी लागेको बताउदै उहाँले कला र साहित्य समाजको प्रतिविम्व रहेकोले यिनको जगर्ना गर्न सबैलाई आग्रह समेत गर्नुभयो ।

कार्यक्रममा सभापतिको आसनबाट बोल्दै गोरखा सर्जक समाजका अध्यक्ष तुलसीप्रसाद न्यौपानेले गोरखा सर्जक समाज कला साहित्यको उत्थान र सर्जकको सम्मानमा अनवरत रुपमा लागि पर्दै जाने धारणा ब्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा समाजका उपाध्यक्ष शारदा घिमिरेले स्वागत मन्तब्य राख्दै गोरखा सर्जक समाजले जोशीलाई सम्मान गर्न पाउनु गर्वको विषय रहेको बताउनुभयो ।कार्यक्रममा श्रस्टाहरु चिरन्जिवी वाग्लेले शहिदलाई सम्झिएर, बमबहादुर थापा जितालीले लुटदै गए, पुरुशोत्तम दाहालले कालो जिब्रो, सिताराम अधिकारीले खन्चुवा, डा टिकाराम अधिकारीले नयाँ बर्ष, तिर्थराज अधिकारीले वासन्ती कला, आलोकश्रीले नेपाललाई चिन्नु छ, शम्भु अधिकारीले नेपाल मेरो घर, चन्द्रकान्त अधिकारीले हकदाबी सुपर्दगी, शुशिला ढकाल अधिकारीले मेरो जन्मस्थल गोरखा, कृष्ण बहादुर साहु श्रेष्ठले उन्मुक्ति प्रेम, बुद्धीराज पाण्डेले गिर्खा, डा फणिन्द्रराज देवकोटा (श्रमजीवि यात्री)ले रारा, डा. राजेन्द्रराज वाग्ले, डा। नवराज कट्टेलको कलाकार खै, श्री कृष्ण न्यौपानेले राजनेताको खोजी, राम बहादुर नेपालीले मेरो गोरखा, नरनाथ पौडेलले मेरी केदारनाथ खनालले राष्ट्रियता, तारापति शर्मा ढकालले गुरु महिमा, उमा अधिकारीले मातृत्व, भाग्यशाली अधिकारीले नेपाल र नेपाली, श्रुतिकुमारी रेग्मीले नव बर्ष, गीता रेग्मीले म लाचार छु, बिजयराज न्यौपानेले छोडेर आछौ तर सम्झि राछौ, सुमन थापाले नेता, बाल कृष्ण सुबेदीले हामी कतारु, नारायण सापकोटाले सपनाको क्याम्पस, जिवन अधिकारीले को हो को हो, श्रीहरी धर्ती उज्ज्यालो बनोस, विमला लामिछानेले नयाँ बर्ष, मिना गुरुङले नबिर्सौ नेपाली हो, श्रीहरी पाण्डेले यही देशको माटोमा, श्यामजी अजिजीले मृत्‍युको मुखबाट, दुर्गा किरण तिवारीले म जमेकी छु शिर्सकमा कविता वाचन गर्नुभएको थियो ।