पूर्णकेशरी श्रेष्ठको नेतृत्वमा रेडक्रसको नयाँ कार्यसमिति


भक्तपुर ।
नेपाल रेडक्रस सोसाइटी मध्यपुर थिमि उपशाखाले दुई वर्षका लागि नयाँ कार्यसमितिको निर्वाचन गरेको छ ।
आज भएको निर्वाचन कार्यक्रममा पूर्णकेशरी श्रेष्ठको सभापतित्वमा पदाधिकारी सहित ११ जना सर्वसम्मत निर्वाचित भएको थियो ।
निर्वाचित हुनेहरुमा उपसभापति सविनाश्रेष्ठ, सचिव जीवनश्रेष्ठ, कोषाध्यक्षमाा शीभक्त कायस्थ, उपसचिव नविन श्रेष्ठ, उपकोषाध्यक्ष श्रीराम श्रेष्ठ, महिला सदस्य सुशिला श्रेष्ठ र कार्यसमिति सदस्यहरुमा पंचकृष्णश्रेष्ठ, नजरमान श्रेष्ठ, लक्ष्मीकेशरी श्रेष्ठ र पूर्णसुन्दर श्रेष्ठ रहेका छन् ।
निर्वाचन अधिकृत एवं नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा भक्तपुरका उपमन्त्री शिवहरि के.सी.का अनुसार संस्थाको संशोधित नया“ विधान अनुसार भक्तपुर शाखाको पहिलो निर्वाचन मध्यपुर थिमि उपशाखामा भएको हो ।