अस्पताल स्थापना दिवसका अवसरमा विरामीलाई फलफूल


भक्तपुर ।
नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालको स्थापना दिवसका अवसरमा शनिवार अस्पतालका बिरामीलाई फलफूल बितरण गरिएको छ । भक्तपुरको मध्यपुर थिमि–४ स्थित अस्पतालमा आयोजित एक समारोहका बीच फलफूल बितरण गरिएको हो । नगर प्रमुख मदन शुन्दर श्रेष्ठ, अस्पतालका कार्यकारी निर्देशक डा. ज्ञान कृष्ण कायस्थ, नेपाल पत्रकार महासंघ भक्तपुरका अध्यक्ष पुष्करराज बुढाथोकी लगायतले बिरामीहरुलाई छिटो निको भएर घर जाने शुभकामना व्यक्तगर्दै हर्लिक्स, फलफूल, जूस लगायतका सामाग्री प्रदान गर्नु भएको थियो ।
सो अवसरमा अस्पतालको ईमरजेन्सी लगायतका बिभिन्न वार्डमा भर्नाभई उपचाररत करिव तीन दर्जन बिरामीलाई फलफूल बितरण गरिएको कार्यक्रम संयोजक हरिदाश प्रजापतिले बताउनुभयो । अस्पतालले आईतवार बिहान एक कार्यक्रमको आयोजना गरेर स्थापना दिवस मनाउने भएको छ ।