बालीघरे छाडेर सामूहिक आरन सञ्चालनमा


सलिम अन्सारी, प्युठान ।
झिमरुक गाउँपालिका १ का स्थानीय दलित मिलेर बालीघरे प्रथा छाडेर सामूहिक आरन सञ्चालन गरेका छन् । बालीघरे प्रथाबाट जीविकोपार्जन गर्न समस्या भएको भन्दै दलितहरूले सामूहिक आरन सञ्चालन गरेका हुन् । सौतामारेका आठ दलित परिवारले सामूहिक रूपमा आरन सञ्चालन गरेका हुन् ।

व्यक्तिगत रूपमा आरन सञ्चालन गर्दा ज्यालाबापत अन्न लिने गरेका थिए । अहिले व्यावसायिक आरन सञ्चालन गर्दा फाइदा हुने गरेको उनीहरू बताउँछन् ।गाउँपालिको २ लाख सहयोगमा स्थानीय राम बहादुर विक ,दल बहादुर कामी,दिव बहादुर सुनुवार गोपाल विक , रुवु सुनुवार, विसाद विक टोप बहादुर विक झग बहादुर विकले सामुहिक रुपमा उद्योग संचालन गर्नुभएको हो। उद्योगमा अहिले खुकुरी,मुसेरी,दरवार भुजेली,खुडा,दावु बन्चरा लगाएत कृषिऔजारहरु बनाई रहेको दल बहादुर बिकले बताउनु भयो ।

’पहिले पहिले बाली प्रथामा काम गर्दा जीविकोपार्जनमा समस्या हुने गरेको थियो,’ उहाले भन्नुभयो, ’अहिले प्रतिपरिवार मासिक १५ सयसम्म कमाइ हुने गरेको छ ।’ उहाले क्रमशः लगानी वृद्धि गर्दै उद्योगका रूपमा विकास गर्दै लगिने बताउनुभयो ।

पुर्खाले गर्दै आएको परम्परालाई आधुनिकीकरण गरेकाले फाइदा पनि राम्रो हुने गरेको आरनका सञ्चालकले बताएका हुन ।
गाउँमा आरन उद्योग संचालन भए पछी आवाश्यक परेको समयमा सामाग्रि पाउन सजिलो भएको वडा अध्यक्ष धुर्व खनालले बताउनुभयो ।