रविन्द्र मिश्र नेतृत्वको पार्टीको नाम परिवर्तन


नेपाल समाचारपत्र, काठमाडौँ ।
रविन्द्र मिश्र नेतृत्वको पार्टीले नाम परिर्वतन गरेको छ । यसअघि विवेकशील साझा पार्टीलाई अब साझा विवेकशील पार्टी भएको हो ।

छुट्टिएर गएको समूहले ‘विवेकशील’ नाम प्रयोग गर्दा उत्पन्न भएको भ्रम चिर्न पार्टीको नाम ‘विवेकशील साझा पार्टी’बाट ‘साझा विवेकशील पार्टी’ बनाउने निर्णय भएको स्रोतले जनाएको छ ।