महानगरपालिकाद्वारा सडक अतिक्रमणविरुद्ध अभियान


कृष्णउदास खनाल, वीरगन्ज ।
वीरगन्ज महानगरपालिकाले सडक अतिक्रमण बिरुद्ध अभियान चलाएको छ ।
व्यवस्थित वीरगन्ज अभियानले सडकपेटी तथा सार्वजनिक स्थानमा जथाभावी राखिएका निर्माण सामग्री तथा पसलहरु हटाऊने कामलाई निरन्तरता दिएको हो । घण्टाघरदेखि मिनाबजार हुंदै आदर्शनगर सम्मको सडक अतिक्रमण गरी बित्री वितरण गर्दै आएका पसलहरुलाई वीरगन्ज महानगरपालिकाको नगर प्रहरी र नेपाल प्रहरीको सहयोगमा हटाईएको तथा पसलका सामानहरु नियन्त्रणमा समेत लिइएको व्यवस्थित वीरगन्ज अभियानका सहसंयोजक प्रकाश खेतानले जानकारी दिनुभयो ।

सो अभियानमा जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक सुमानन्द पाण्डे, जिल्ला ट्राफिक प्रहरीका प्रहरी निरिक्षक राजकुमार सिंह, वडा प्रहरी कार्यालय बिर्ताका प्रहरी निरीक्षक निसान थापा, व्यवस्थित वीरगन्ज अभियानका संयोजक दिलिपराज कार्की, आदर्शनगर ग्रीन सिटि सामुदायिक सेवा केन्द्रका पदाधिकारी, मिना बजार सामुदायिक सेवा केन्द्रका पदाधिकारीहरु, माट्रीका आई फाउण्डेशनका डा. महेश सिंह धामी, समाजसेविहरु, सन्चारकर्मीहरु, वीरगन्ज महानगरपालिकाका अधिकृत र नगर प्रहरीहरु, लगायतको सहभागिता रहेको थियो । वीरगन्जलाई ब्यवस्थित र सुन्दर शहर बनाउनका लागि अभियान चलाइएको वीरगन्ज महानगरपालिकाका मेयर बिजय सरावगीले जानकारी दिनुभयो ।