नेपाल लाईफमा पश्चिम क्षेत्रकै ठूलो २ करोडको बिमालेख जारी


यमलाल भुसाल, बुटवल ।
नेपाल लाईफ ईन्स्योरेन्स कम्पनी बुटवल शाखामा हालसम्मकै ठूलो बिमांकको पोलिसी (बिमालेख) जारी भएको छ । यस अंगाडी १ करोड ८६ लाख रुपैंया बराबरको पोलिसी जारी भएकोमा अहिले पछिल्लो समयमा त्यसलाई उछिन्दै दुई करोड रुपैंयाको पोलिसी जारी भएको हो ।
पश्चिमाञ्चल क्षेत्र अन्तरगत सबैभन्दा बढी कारोवार हुने उक्त शाखामा सिनियर एजेन्सी म्यानेजर (अभिकर्ता) यदुनन्द भण्डारीले २ करोड रुपैंयाको पोलिसी ल्याउनु भएको हो ।

उक्त शाखामा त्यस अंगाडीको सबैभन्दा ठूलो पोलिसी १ करोड ८६ लाख पनि उहाँले नै ल्याउनु भएको नेपाल लाईफ ईन्स्योरेन्स कम्पनी बुटवल शाखाका प्रवन्धक कुशलसिंह थापाले बताउनु भयो । उहाँका अनुसार बुटवल शाखा अन्तरगत हाल २ हजार जना अभिकर्ता सकृय छन् ।

पश्चिम क्षेत्रको ठूलो शााखा बुटवलमा मात्रै गत असार मसान्त सम्म ८६ हजार ९३१ पोलिसी जारी भएका थिए । हाल त्यो संख्या बढेर एक लाखको हाराहारीमा पुगेको शाखा प्रवन्धक थापाले बताउनु भयो । गत असार मसान्त सम्म यो कम्पनीको नेपाल अधिराज्यभर २३ लाख ८ हजार ५२ वटा बिमा पोलिसी जारी भएका छन् ।

नेपाल लाईफ ईन्स्योरेन्सको ७० जिल्लामा १२० शाखा कार्यालय रहेका छन् । कुल बिमाको ३५ प्रतिशत हिस्या यो कम्पनीले ओगटेको कम्पनीको दावी छ । हाल नेपालमा १९ वटा जीवन बिमा कम्पनी छन् । यो कम्पनीले हालसम्म १० अर्वभन्दा बढी दावी भुक्तानी गरिसकेको छ भने यसको चुक्ता पुँजी ४ अर्व ३९ करोड, ५८ अर्व रुपैंया लगानी गर्नुका साथै ६६ अर्व रुपैंया बिमा कोष रहेको जनाएको छ । त्यस्तै प्रति हजारमा ६५ देखि ८२ रुपैंयासम्म बोनस प्रदान गरिने कम्पनीले जनाएको छ ।