श्रीमान खोजिदिन अपिल


बुटवल ।
काम गर्न हिडेको श्रीमान डेरामा नफर्केपछि उनकी श्रीमतीले खोजविन गरिदिन अपिल गर्नु भएको छ । बुटवल उपमहानगरपालिका –११ देवीनगर कस्तुरी पथमा कोठा भाडामा लिएर बस्ने नौमुले गाउँपालिका वडा नं ४ कालिका दरवार नं १का कर्णवहादुर योगी यही वैशाख १० गते विहान करिव ८ बजेदेखी वेपत्ता भएका हुन । ३१ वर्षिय योगी दुई सन्तान र श्रीमतिको साथमा बुटवलमा बसेर लेवर काम गरि जिविको चलाउदै आउनु भएको थियोे ।

देविनगर स्वतन्त्र पथमा घर वनाउने काममा हिडनु भएका थापाको अहिले सम्म अत्तोपत्तो नभएको श्रीमती लक्ष्मी योगीले बताउनु भयो ।
श्रीमती लक्ष्मीका अनुसार योगी घर वनाउने स्थलमा समेत नपुगी हराएका हुन । काम गर्न हिडेका श्रीमानको अत्तोपत्तो नपाएपछि प्रहरीमा खोजि गरिदिन निवेदन गरेको उहाँले बताउनु भयो ।