कुरिलो खेतीप्रति कृषकको आकर्षण


नेपाल समाचारपत्र
पाल्पा
स्वास्थ्यका फाइदा र कम लगानीमा राम्रो आम्दानी हुने भएपछि पाल्पामा किसानले कुरिलो खेती गर्न थालेका छन्। कम खर्चमा बढी आम्दानी हुने कुरिलो खेतीका लागि पाल्पाको हावापानी राम्रो भएका कारण पनि पनि किसानमा कुरिलो खेतीको आकर्षण बढ्न थालेको हो।

पाल्पाका कृषक कुरिलो खेतीबाट मनग्य आम्दानी गर्न सफल भएपछि कुरिलो खेतीको विस्तार हुन थालेको छ। परम्परागत खेतीभन्दा बढी उत्पादन गर्न सकिने र बजारमा पनि माग बढ्दै गएका कारण कृषकको कुरिलो खेतीतर्फ आकर्षण बढेको हो।

पात्च वर्ष अघि बगनाशकालीका जीवराज घिमिरेले शुरु गरेको कुरिलो खेती अहिले रामपुर, तानसेन, रिब्दीकोट, रैनादेवी लगायतका स्थानीय तहका कृषकले पनि विस्तार गर्दै लगेका छन्। जिल्लामा यस खेतीमा करिब ५० जना कृषक व्यावसायिक रुपमै लागेको बताइन्छ।

कम लगानीमा बढी फाइदा लिन सकिने कुरिलो एक किलोको ५ देखि ७ सय रुपियात्सम्ममा बिक्री हुने कृषक बताउत्छन्। कुरिलो खेतीबाट वर्षको ५ लाख रुपियात्सम्म आम्दानी हुने गरेको कृषक जीवराज घिमिरे बताउनु हुन्छ।कुरिलो खात्दा रोग प्रतिरोधात्मक क्षमता बढाउने हत्ुदा यसको माग बढ्दै गएको किसान बताउत्छन्।

विरुवा रोपेको चार पात्च महिनामा तयार हुने कुरिलो खेतीमा दिनदिनै टुसा पलाउने हत्ुदा यसबाट राम्रो आम्दानी हुने कृषकको भनाइ छ। किसान एक सिजनमा कुरिलोबाट ५० हजारदेखि १ लाखसम्म आम्दानी गर्न थालेको हत्ुदा यो खेतीको विस्तार गर्दै जाने बताउत्छन्।

कुरिलो तरकारीको रुपमा प्रयोग गरिन्छ। यसको स्वाद अन्य तरकारीको भन्दा मिठो भएका कारण पनि एकपटक प्रयोग गर्नेले खोजी खोजी किन्ने गर्छन्।

कुरिलोमा ८ प्रकारका भिटामिन तव पाइने हुनाले पनि यसको प्रयोग बढ्दै गएको कृषि विज्ञहरूको भनाइ छ। स्थानीय सरकारले व्यावसायिक रुपमा नगदेबाली खेती गर्ने कृषकलाई आर्थिक र प्राविधिक सहयोग दिने गरेका कारण पनि कुरिलो खेती तर्फ कृृषकको आकर्षण बढ्दै गएको हो। कुरिलो खेतीमा आर्कषण बढेसत्गै सम्बन्धित कार्यालयको सहयोग आवश्यक रहेको किसानको माग रहेको छ।