शिक्षकबाट यौनउत्पीडित क्यानाडाली विपक्षी नेता


टोरोन्टो, (एजेन्सी)
क्यानाडाका विपक्षी नेता जगमित सिंहले आफू १० वर्षको उमेरमा यौन उत्पीडनको शिकार भएको खुलासा गरेका छन्। भारतीय मूलका सिंहले आफूलाई तेक्वान्दो प्रशिक्षकले यौनउत्पीडन गरेको बताए। यसअघि यस उत्पीडनका बारेमा आफूले कहिल्यै केही नभनेको पनि बताए।

ग्लोबल न्युजसत्गको साक्षात्कारमा न्यु डेमोक्र््याटिक पार्टीका ४० वर्षीय सिख नेताले आफ्नो जीवनीमा उक्त घटना १९८० को दशकमा भएको बताएका हुन्। जतिबेला उनी आन्टारियोको विन्डसरमा बसिरहेका थिए।

सिंहले गत महिना क्यानाडाको राजनीतिमा नयात् इतिहास रच्दै देशको ठूलो विपक्षी पार्टीका तर्फबाट पहिलो अश्वेत नेताका रूपमा पदार्पण गरेका थिए।

आफनो किताब ‘लभ एन्ड करेजः माइ स्टोरी अफ फेमिली, रेजलन्स एन्ड ओवरकमिङ द अनएक्सपेक्टेड’ मा उनले उक्त घटनाको उल्लेख गरेका छन्। उनले भनेका छन्– ‘उनका प्रशिक्षकको पछि मृत्यु भएको थियो। सिंहले यस घटनाको खुलासा गर्नुले अरूले पनि आफ्नो गल्ती छैन भने उनीहरूले खुलेर बोल्नुपर्छ भन्ने महशुस गर्ने बताएका छन्।

यस प्रकारका घटनाको दुष्प्रभाव भनेको पीडित लामो समयसम्म अत्यधिक लज्जाबोधमा डुब्ने र त्यसका लागि आफैंलाई जिम्मेवार मान्नेजस्ता मानसिक स्थितिबाट गुज्रिरहने उनले लेखेका छन्।