‘पत्रकार महर्जनलाई नछाडे थप सशक्त संघर्ष’


सुनील महर्जन, काठमाडौं
पत्रकार जितेन्द्र महर्जनलाई निःशर्त नछाडिए नेपाल पत्रकार महासंघ, आदिवासी जनजाति पत्रकार महासंघ र नेवाः पत्रकार राष्ट्रिय दबूले अलगअलग र सहकार्य गरी विभिन्न संघर्षका कार्यक्रम घोषणा गर्ने भएका छन्।

पत्रकार महर्जनको रिहाइ र विचार तथा अभिव्यक्ति स्वतन्त्रताको प्रत्याभूति गर्न माग गर्दै यी संंस्थाले यस्तो चेतावनी दिएका हुन्।

सर्वोच्च अदालतले थुनामुक्त गर्न आदेश दिएलगतै महर्जनलाई पुनःअर्को अभियोगमा पक्राउ गरिएपछि उनीहरू यस्तो चेतावनी दिन बाध्य भएका हुन्।

प्रहरीले भने उहात्लाई थप पात्च दिन हिरासतमा राख्ने भएको छ। जिल्ला अदालत काठमाडौंले पत्रकार महर्जनलाई हिरासतमा राख्न पात्च दिनको म्याद थप गरेको हो। महानगरीय प्रहरी वृत्त कमलपोखरीका प्रमुख एवं प्रहरी नायब उपरीक्षक रवीन्द्र पौडेलका अनुसार अदालतले महर्जनलाई हिरासतमा राख्न पात्च दिनको म्याद थप गरेको छ। ‘अनुसन्धानका क्रममा आवश्यकताअनुसार म्याद थपको सिफारिश गर्नेछौं’ –वृत्त प्रमुख पौडेलले भन्नुभयो।
पत्रकार महर्जनलाई पहिलोपटक गत चैत्र २६ गते राज्यविरुद्धको कसुर अनुसन्धानको सिलसिलामा भन्दै अदालतको गेटबाटै पक्राउ गरिएको थियो। वैशाख ८ गते सर्वोच्चले महर्जनलाई रिहाइ गर्न गृह मन्त्रालयलाई आदेश दिएको थियो। अदालतको आदेशबमोजिम रिहाई गरिएको केहीबेरमा (कार्यालय समय सकिसकेपछि) प्रतिबन्धित कार्यमा लागेको भन्दै महर्जनलाई सर्वोच्चको गेटबाटै पुनः गिरफ्तार गरिएको थियो। दोस्रो पटक पक्राउ गर्दा प्रहरीले पक्राउ पुर्जी समेत नदेखाएको र पुर्जी देखाउनुहोस् भन्दा जबरजस्ती गरेको महर्जनकी बहिनी हिराशोभाले बताउनुभयो।

कमलपोखरी वृतले पक्राउ गरेका महर्जनलाई हाल दरबारमार्गको प्रहरी वृत्तमा राखेर आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

यसैबीच सर्वोच्चको वैशाख ८ गतेको बन्दीप्रत्यक्षीकरणको आदेशमा पत्रकार महर्जनलाई अनुसन्धानको सिलसिलामा बोलाइएको बखत हाजिर हुने शर्तको कागज गराई थुनामुक्त गर्न भनिएको छ। नेपाल पत्रकार महासंघको तर्फबाट केन्द्रीय सदस्य जन्मदेव जैसीले हाल्नुभएको बन्दीप्रत्यक्षीकरणको रिटमा सो आदेश दिइएको थियो।

न्यायाधिश अनिलकुमार सिन्हा र डम्बरबहादुर शाहीको संयुक्त इजलाशले दिएको आदेशमा भनिएको छ– ‘वस्तुनिष्ठ आधार र कारणबिना पक्राउ गर्ने र अनुसन्धानको क्रममा भनी थुनामा राख्ने कार्य मुलुकी फौजदारी कार्यविधि (संहिता) ऐन २०७४ को दफा ९ विपरीत रहेको छ।’

‘निश्चित राजनीतिक आस्था भएको कारणले मात्र प्रवृत्त भावनाबाट कानुनको उचित कार्यविधिको पालना नगरी पटक पटक म्याद थप गरी हिरासतमा राखिरहेको कार्य न्यायिक दृष्टिकोणबाट समेत औचित्यपूर्ण देखिएन’ –अदालतको आदेशमा भनिएको छ।

निवेदकलाई थुनामा नै राखी अनुसन्धान गर्नुपर्ने उचित एवं पर्याप्त आधार र कारण उल्लेख नगरी भएको म्याद थपसम्बन्धी कार्य कानुनतः अपरिपक्व देखिएको पनि अदालतको आदेशमा भनिएको छ। थुनामुक्त आदेश दिएलगतै कार्यालय समय नाघेपछि सरकारले ‘प्रतिबन्धित कार्यमा’ संलग्न भएको भन्दै प्रहरीले पक्राउ पुर्जी नै नदेखाई पत्रकार महर्जनलाई हिरासतमा राखिएको थियो। कीर्तिपुरबाट प्रकाशित हुने नेपाल भाषाको ज्वजलपा साप्ताहिकका सम्पादकसमेत रहनुभएका महर्जन नेवाः पत्रकार राष्ट्रिय दबूका काठमाडौं शाखाका सदस्य हुनुहुन्छ।

यसैबीच पत्रकार महर्जनको रिहाईको माग गर्दै पत्रकार राष्ट्रिय दबूले माइतीघर मण्डलामा धर्ना दिएको थियो। त्यसमा ऐक्यबद्धता जनाउत्दै नेपाल पत्रकार महासंघ, आदिवासी जनजाति पत्रकार महासंघ, क्रान्तिकारी पत्रकार महासंघ, क्रान्तिकारी पत्रकार संगठन, प्रेस सेन्टरका पदाधिकारी धर्नामा सहभागी भएका थिए।

‘वैचारिक आस्थाका आधारमा उचित र पर्याप्त प्रमाणबिना हिरासतमा राख्नु विचार तथा अभिव्यक्ति स्वतन्त्रताविपरीत कार्य हो। उहात्को शीघ्र रिहाइको माग गर्दै विधिको शासनको सम्मान गर्न सरकारसत्ग आग्रह गर्दछु’ –पत्रकार दबूका अध्यक्ष श्रीकृष्ण महर्जनले भन्नुभयो।