बाँकेका ६ उद्योग सामाजिक सुरक्षा कार्यक्रममा   


राँझा,  सरकारले ल्याएको योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रममा बाँकेका ६ उद्योग सहभागी भएका छन् ।

विजय मेटल इण्डष्ट्रिज, जय मङ्गलम सिमेन्ट उद्योग, पानस फर्मास्युटिकल्सलगायतका उद्योग सामाजिक सुरक्षा कोषमा सूचीकृत भएका हुन् ।

नेपालगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष नन्दलाल वैश्यले सामाजिक सुरक्षाकोषमा यहाँका उद्योग, प्रतिष्ठान सहभागी हुने प्रक्रियामा रहेको जानकारी दिनुभयो । उहाँका अनुसार, धेरै उद्योगी, व्यवसायीले यस विषयमा नबुझेकाले सहभागी हुनेको सङ्ख्यामा कमी देखिएको हो ।

सामाजिक सुरक्षा कोषले आगामी असार महीनासम्म सूचीकृत हुन उद्योग, प्रतिष्ठानलाई म्याद थप गरेको छ ।
रासस