रुखबाट लडेर मृत्यु


कृष्णउदास खनाल
वीरगन्ज,पर्साको पर्सागढी नगरपालिकामा रुखबाट खसेर एक युवको मृत्यु भएको छ । वीरगन्ज महानगरपालिका वडा नम्बर २९ बसडिल्वा बस्ने २७ वर्षीय सुरेश हजराको मृत्यु भएको हो ।

जिल्लाको पर्सागढी नगरपालिका ३ हात्तीवन जंगलमा दाउरा लिन तीनजना साथीसहित जंगल गएकोमा रुखबाट खसेर उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

हजराको शव पोष्टमार्टमका लागि नारायणी अस्पतालमा ल्याइएको छ ।जिल्ला प्रहरी कार्यालय पर्साका डीएसपी मानबहादुर राईले रुखको हाँगा काट्ने क्रममा खसेर उनको मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको जानकारी दिनुभयो ।

तीन जना दाउरा लिन जंगल गएको र उनीहरुले एउटा रुख पनि काटेको तर त्यो रुख गएर अर्को रुखमा अड्केपछि त्यही अड्केको रुख चढेर हाँगा काटेर उनले रुख झारेका थिए, तर उनी पनि झरेछन् ।

त्यही नै उनको मृत्यु भएको पाइएको पनि पर्सा प्रहरीले जनाएको छ । यसैबीच वीरगन्जकै वडा नम्बर १० का करिब ५५ बर्षीय बृजकिशोर बर्णवालको पनि मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

उनले घरायसी विवादका कारण बिष सेवन गरेर आत्महत्या गरेको पाइएको र घटनाका बिषयमा अनुसंधान भइरहेको प्रहरीले जनाएको छ ।