प्रदेश ५ सरकारद्धारा दैवीप्रकोप पीडितलाई जनही १ लाख


यमलाल भुसाल, बुटवल ।
प्रदेश पाँचको सरकारले दैवीप्रकोप पिडितलाई जनही १ लाख रुपैंया राहत प्रदान गर्ने निर्णय गरेको छ ।

प्रदेश सरकारको बिहिबार बसेको मन्त्री परिषदको बैठकले प्रदेश अन्र्तगतका बिभिन्न जिल्लामा भएका बिभिन्न घटनाका पिडित परीवारलाई राहत दिने निणर्य गरेको हो ।

बैठकले प्रदेशका बिभिन्न जिल्लामा आगोलागी, चट्याङ्, बाढीपहिरो लगायतका घटनामा परी मृत्यु भएका ५१ जनाको परिवारलाई प्रति परिवार एक लाख रुपैयाका दरले राहत दिने निणर्य गरेको सरकारका प्रवक्ता भौतिक पूर्वाधार बिकास मन्त्री बैजनाथ चौधरीले जानकारी दिनुभयो ।

प्रदेश मन्त्री परिषदको बैठकले दाङ्को राप्ती गाउपालिका वडा नम्वर ७ बसन्तपुरमा अन्तर्राष्ट्रिय स्तरको रंगशाला बनाउने, दाङ्कै घोराही उपमहानगरपालिका वडा नम्वर १६ स्थित नेत्रलाल अभागी रंगशाला र बुटवल उपमहानगरपालिका वडा नम्वर १३ स्थित उजीरसिंह रंगशालाको स्तरोन्नती गर्ने निणर्य भएको मन्त्री चौधरीले जानकारी दिनुभयो ।