उपराष्ट्रिपति पुनद्धारा विश्वकै अग्लो ऊँ केदारेश्वर धामको उद्घाटन


विष्णु तिमिल्सिना, बर्दिया ।
विश्वकै सवै भन्दा अग्लो मानिएको ऊँ केदारेश्वर धाम शिव ज्वर्तिलिङ्गको समुद्घाटन उपराष्ट्रपति नन्द बहादुर पुनले पुजा आर्चना गरी बिहिबार धामको बिधिबद् रुपमा बाँसगढीमा एक समारोहका विच उद्घाटन गर्नु भयो । बर्दिया जिल्लाको पूर्वोत्तर क्षेत्रमा अवस्थित बाँसगढी नगरपालिकाको पुर्वपश्चिम महेन्द्र राजमार्ग हाउपुरमा नव निर्मित १ सय ८ फिट अग्लो ज्वर्तिलिङ्ग केदारेश्वर धाममा १ सय ८ वटा गौमुखि धारा निर्माण गरिएको छ।

ऊँ केदारेश्वर धाम ट्रष्टद्धारा निर्मित उक्त ज्वर्तिलिङ्गको स्थापनाबाट यस क्षेत्रको धार्मिक पर्यटन कोरिडोरको रुपमा विकास गर्न योगदान पुगेको छ । २०७० सालबाट निर्माण प्रक्रिया सुरु भएको धामको ६ वर्ष पछि करिब ५ करोड रुपैयाँको लागतमा निर्माण कार्य सम्पन्न भएको हो ।

उक्त धाममा हाल सम्म विश्व प्रशिद्ध १ सय ८ फिट अग्लो दिव्य जोतिर्लिङ्ग, ३ सय ८४ सिडिको कैलाश मार्ग, १ सय ८ गौमुखि मुक्ति धारा, १ सय ८ तुल्सी मठ र गणेश मन्दिरको निर्माण गरिएको छ भने अन्य धार्मिक संरचना निर्माणको प्रक्रियामा रहेका छन । धामको उद्घाटन सँगै संगितमय ज्ञानमहायज्ञ सञ्चालन भएको छ । बैशाक १८ गते सम्म सञ्चालन हुने महायज्ञमा ऋषिराम शास्त्रीको मुखार बिन्दूबाट कथाबाचन हुने सञ्चार संयोजक शंकर शर्माले बताए ।

सो धामको उद्घाटन कार्यक्रमलाई सम्बोधन गदै उपराष्ट्रपति पुनले धार्मिक पर्यटनले सम्बृद्ध नेपाल बनाउन महत्वुर्ण योगदान पुर्याउन सक्ने बताउनु भयो । उपराष्ट्रपति पुनले बर्दिया देश कै पर्यटकिय गन्तव्य जिल्ला भएको र धार्मिक केन्द्रको रुपमा निर्माण भएको ऊँ केदारेश्वर धामले पर्यटन प्रबद्र्धनको बिकासमा थप टेवा पुगेको र ऊँ केदारेश्वर धाम निर्माणले बर्दियाको मात्रै नभएर प्रदेश नं ५ कै समृद्धिको यात्रामा ठोस योगदान दिने बिश्वास व्यक्त गर्नुभयो । कार्यबाहक राष्ट्रपतिको जिम्बेवारी समेत सम्हालेका पुनले ५ नं प्रदेशको समग्र बिकास र धामको बिकासको लागि आफ्नो ठाँउबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नु भयो ।

धामका कार्यबाहक अध्यक्ष कृष्ण प्रसाद बास्तोलाको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा उपराष्टपति नन्द बहादुर पुन, स्वामी बिबेकानन्द, पुर्व सिचाई मन्त्रि तथा सँघिय सांसद संजय गौतम, पुर्व सिचाई राज्य मन्त्रि तथा सबिधान सभा सदस्य दल बहादुर सुनार, सबिधान सभा सदस्य निर्मल प्रकाश सुवेदी, प्रदेश सांसदहरु, जिल्ला समन्वय समिति बर्दियाका प्रमुख, प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुख, नगर तथा गाँउपालीकाका प्रमुख लगायत बिशिष्ट व्यक्तित्वहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा धामका पुर्व अध्यक्ष, बिभिन्न संरचना निर्माण गर्ने व्यक्तित्वहरु र सबै भन्दा बढी दान गर्ने दानदाताहरुलाई सम्मान गरिएको थियो । बाँसगढी नगरपालीकाका नगरप्रमुख सालिकराम अधिकारीले स्वागत मन्तव्य राखेको कार्यक्रमको सञ्चालन धामका महासचिव कृष्ण बहादुर रावतले गरेका थिए ।