हिमालयन कार्गोका सञ्चालकविरुद्ध मुद्दा

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं
राजस्व छली गरी सम्पत्ति आर्जन गरेको भन्दै सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले तीन जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । विभागले हिमालयन कार्गो नेपालका सञ्चालक मधुकुमारी चौधरी, उनका पति भारतीय नागरिक विनोदकुमार गुप्ता र अर्का भारतीय नागरिक वीरेन्द्र महतोविरुद्ध मुद्दा दायर गरेको हो । उनीहरुले राजस्व चुहावट गरी २३ करोड ९५ लाख ६८ हजार १३१ रुपिया“ गैरकानुनी स्रोतको रकम प्राप्त विभागको दाबी छ ।

हिमालयन कार्गो नेपाल स्थायी लेखा नम्बर ३०१७९७८६३ र मधु कुमारी चौधरीको नाममा दर्ता रहेको हिमालयन कार्गो स्थायी लेखा नम्बर ६०४८६०४७५ फर्मका प्रोपाइटर मधुकुमारी चौधरीका पति भारतीय नागरिक विनोद कुमार गुप्ता समेतले आव २०६५÷६६ देखि आव २०७४÷७५ सम्म राजस्व चुहाबट गरेको विभागले जनाएको छ ।

विभागद्वारा जारी विज्ञप्तिमा श्रीमती मधुकुमारी चौधरी समेतका नाममा गैरकानुनी रुपमा सम्पत्ति आर्जन गरेको देखि“दा राजस्व अनुसन्धान विभागबाट प्राप्त सूचनाका आधारमा सम्पत्ति शुद्धीकरणको कसुरमा विभागबाट जा“चबुझ तथा अनुसन्धान गरिएको भनिएको छ ।
त्यस्तै विनोद कुमार गुप्ता र निजकी श्रीमती मधुकुमारी चौधरीसमेतले भारतीय नागरिक वीरेन्द्र महतो समेतको मिलेमतोमा २३ करोड ९५ लाख ६८ हजार १३१ रुपिया“ गैरकानुनी स्रोतको रकम प्राप्त गरेको भेटिएको विभागले जनाएको छ ।

विभिन्न बैंक खातामा १० करोड १० लाख २० हजार ९४१ रुपिया“ पनि लुकाई छिपाइ राखेको, काठमाडौंका र भक्तपुरका विभिन्न स्थानहरुमा २०६५ सालपछिको अवधिमा घरजग्गामा लगानी गरेको, मधुकुमारी चौधरी एकल संचालक रहेको मंगला रियलस्टेट प्रालिमा र अर्को एप्पल पोलिमर्स प्रालिमा लगानी गरेको देखिएको र निज मधुकुमारी चौधरीका नाउँमा रहेको विभिन्न बैँक तथा वित्तीय संस्थाको शेयरतर्फ लगानी गरी सम्पत्ती शुद्धीकरण निवारण ऐन, २०६४ को दफा ३ को उपदफा ९१० को देहाय खण्ड क,ख, ग ले निषेधित कार्य गरी गराई सोही दफाको उपदफा ९३० को सम्पत्ति शुद्धीकरणको कार्य कसुर गरेको पुष्टि हुन आएको देखि“दा विनोद कुमार गुप्ता र मधु कुमारी चौधरीलाई कुल बिगो २२ करोड ९५ लाख ४९ हजार २ सय कायम गरी सोही ऐनको दफा ३०९१० बमोजिम जनही जरिवाना तथा कसुरको मात्रा अनुसार कैद सजाय हुन मागदाबी लिई प्रतिवादीहरुले कसुरबाट प्राप्त गरेको तथा सोबाट बढे बढाएको उपरोक्त बमोजिमको सम्पत्ति, शेयर, बैंकमा रहेको नगद मौज्दात रकम समेत सम्पत्ति शुद्धीकरण निवारण ऐन दोस्रो संशोधन, २०६४ को दफा २८९२० र दफा ३४९१० बमोजिम जफत हुन मागदाबी गरिएको विभागले जनाएको छ ।

विभागका अनुसार अर्का प्रतिवादी वीरेन्द्र महतोको हकमा पनि कुल बिगो २२ करोड ९५ लाख ४९ हजार २ सय कायम गरी सोही ऐनको दफा ३०९१० बमोजिम जरिवाना तथा कसुरको मात्रा अनुसार कैद सजाय हुन र प्रतिवादी मधुकुमारी चौधरकीका नाम दर्ताको हिमालयन कार्गोका हकमा सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ को दफा ३० को उपदफा ९८० बमोजिम सजायको मागदाबी लिई विशेष अदालत काठमाडौँमा सम्पत्ति शुद्धीकरणको कसुरमा अभियोग पत्र दर्ता गरिएको विभागद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।