सीजीका फ्यान र कुलर बजारमा

0
Shares

काठमाडौं, (नेस)
सीजीले विभिन्न प्रकारका फ्यान र कुलर बजारमा ल्याएको छ । फ्यानहरुमा सिलिङ, टेबल, स्ट्यान्ड र अल पर्पोज फ्यान रहेका छन्, सिलिङ फ्यान विभिन्न स्वरुप र रङमा उपलब्ध रहेको कम्पनीले जनाएको छ,

कम्पनीका अनुसार यसमा प्रयोग गरिएका ब्लेडहरु एकदमै आकर्षक डिजाइन र रङहरुमा रहेका छन् । यो फ्यान चलाउ“दा आवाज पनि केही नआउने भएकाले यसको माग एकदमै धेरै छ । त्यस्तै स्ट्यान्ड फ्यानमा पनि विभिन्न आकर्षक रङ र डिजाइनमा उपलब्ध छन् ।

यसमा अब रिमोट पनि भएकाले यसलाई सजिलै चलाएन सकिनेछ । एसीको आनन्द सस्तो दाममा लिन अब सीजीले विभिन्न मोडल र बजेटमा कुलर पनि ल्याएको छ । यसको कुलरमा आइस च्याम्बर, पावरफुल मोटर, बढी क्षमताको पानी ट्याङकी जस्ता विशेषता रहेको कम्पनीको भनाइ छ ।