हिरोकोे पहिलो लक्की ड्र विजेताको नाम छनोट

0
Shares

काठमाडौं, (नेस)
नेपालका लागि हिरो मोटरसाइकलको आधिकारिक बिक्रेता नेपाल जेनरल मार्केटिङ प्रालिले नया“ वर्ष २०७६ को उपलक्ष्यमा ‘हिरोडपति नया“ वर्ष योजना’ भन्ने योजनाअन्तर्गत लक्की ड्रमा कुपन नं ९ डब्लु जे टु आर सिक्सका दमक निवासी हरिक्त पजपुरियाले एक लाख नगद रुपिया“ जितेका छन् ।

यस योजनाअन्तर्गत हिरोका मोटरसाइकल वा स्कुटर किन्ने ग्राहकले स्क्राचमा एक लाखसम्म छुट पाउने छन् । त्यस्तै लक्की ड्र अन्तर्गत १५ दिनमा १ जनाले एक लाखसम्म नगद पाउन सक्ने छन् । यसका साथै तत्काल हिरो फेरि योजनाअन्तर्गत ५ मिनेटमा एक्सचेन्ज र सजिलो हिरो योजनाअन्तर्गत हिरोका सबै मोटरसाइकल र स्कुटर किन्न्न उपत्यकाभित्र शून्य डाउनपेमेन्ट र उपत्यका बाहिर ५० प्रतिशत फाइनान्समा सुविधा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।