सिद्धार्थ बैंकद्वारा हावाहुरी प्रभावितलाई सहयोग


काठमाडौं, (नेस)
सिद्धार्थ बैंकले गत महिना गएको हावाहुरीबाट प्रभावित बारा र पर्साका हावाहुरी पीडित जनताका लागि सहयोग स्वरुप विभिन्न सामग्री प्रदान गरेको छ ।

संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत बारा जिल्लाको स्वर्न गाउ“पालिका वडा नंं ४ स्थित हर्दिया क्षेत्रका प्रभावित वासिन्दाहरुलाई बैंकले बेडसिट, म्याट्रेस तथा सोलारद्वारा चार्ज गर्न मिल्ने टर्चलाइट जस्ता आवश्यक सामग्रीहरु वितरण गरको छ । उक्त सामान जिल्ला समन्वय समितिका अध्यक्ष नवल किशोरप्रसाद सिंह तथा सिद्धार्थ बैंकका प्रदेश नम्बर २ का प्रमुख प्रविन ढुंगेलद्वारा संयुक्त रुपमा वितरण गरिएको थियो ।

बैंकले देशभर १४९ वटा शाखा (४ एक्स्टेन्सन् काउन्टर सहित), १०० शाखारहित बैंकिङ सेवा, १६१ एटीएम र १३ सयभन्दा बढी पीओएस मेसिनमार्फत बैैंकिङ सेवा प्रदान गर्दै आएको छ ।