टीभीएसको डिलर भेला सम्पन्न

0
Shares

काठमाडौं, (नेस)
नेपालका लागि टीभीएस मोटरसाइकल तथा स्कुटरको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्स प्रालिले हालै देशभरका डिलरको एक भेला आयोजना गरेको छ । १ घर १ टीभीएस नारा दिइएको उक्त भेलामा टीभीएस मोटरसाइकल तथा स्कुटरको देशभरका ९८ डिलरको सहभागिता रहेको थियो ।

भैरहवामा गरिएको उक्त भेलाको उद्देश्य १ घर १ टीभीएसको लक्ष्य प्राप्तिका लागि ग्राहकलाई स्थानीय रुपमा गाउ“मा नै सेल्स सर्भिस र स्पेयर पार्टसमा उत्कृष्ट सेवा प्रदान गर्ने तथा जस्तोसुकै समस्याको समाधान २४ घण्टाभित्रमा गर्ने सम्बन्धमा डिलरलाई अझ बढी संवेदनशील ढंगका साथ अघि बढाउनु रहेको थियो ।

नेपालमा टीभीएस बाइक तथा स्कुटरको लोकप्रियता दिन प्रतिदिन बढ्दो छ । गत वर्ष यसको बिक्री परिमाण ४० प्रतिशतका दरले वृद्धि भएको पाइएको छ । सरकारी निकायका साथै एनजीओ, आईएनजीओ तथा निजी क्षेत्रमा माग हु“दै आएको जगदम्बा मोटर्सका उपाध्यक्ष दीपक अग्रवालले बताउनु भएको थियो । उहा“ले हामी हाम्रो बिक्री रेकर्ड अझ सुधार गर्न चाहन्छौं र टीभीएसप्रति ग्राहकले देखाउनु भएको रुचीलाई सम्मान गर्दै यसको सेवा विस्तार गर्न लालायित छौं । हामीलाई विश्वास छ, यो डिलर भेलाले तपाईं हामीलाई हाम्रो लक्ष्य प्राप्त गर्न अभिप्रेरित गर्नेछ ।

अन्तर्राष्ट्रिय गुणस्तर बमोजिम विश्वख्यिात कम्पनी टीभीएसले उत्पादन गरेका सय सीसीदेखि ३१० सीसीसम्मका विभिन्न टीभीएस मोटरसाइकल तथा स्कुटर नेपालमा उपलब्ध छन् ।