आगलागीबाट पाँच घर नस्ट, लाखौँको धनमाल क्षति


सरस्वति न्यौपाने, रसुवा ।
घरमा जडान भएको विधुत सट हुदाँ आज रसुवामा पाँच घर जलेर लाखौ लाखको धनमाल नस्ट भएको छ ।
नौकुण्ड गाउँ पालिका वडा नं १ थाङदोरमा आज करिव ३ वजे लागेको आगो नेपाल प्रहरी र कालिजंग गण अन्तरगत फलाखु खोलाहाईड्रोपावरको सुरक्षामा तैनाथ नेपाली सेना द्वारा साझ ६ वजे नियन्त्रणमा ल्याएको जिल्ला प्रहरी प्रवक्ता ईश्वरी प्रसाद भण्डारीले जानकारी दिए।

लछिन लामाको घरमा रहेको विधुत लाईन सट हुदाँ लागेको आगोले लस्करै रहेका ५ ओटा घर नस्ट भएको छ। लछिन लामा,किप्पा नेकोर,ज्ञानु लामा, दावाफुर्पा लामा,मेन्दोपासाङ थोक्रा को धर पुर्ण रूपमा क्षतिको हो । विवरण संकलन वाट ८६ लाख ५० हजार वरावरको धनमाल क्षेतिको विवरण संकलन भै सकेको प्रहरी प्रवक्ता भण्डारीले वताए।

मानवीय र चौपाए भने क्षती नभएको ,अन्नपात लत्ता कपडा गर गहना भने पुरै नस्ट भएको प्रहरीले जनाएकोछ।
रातको समयमा परेको समश्या हलगर्न नौकुण्ड गाउँ पालिकाका उपाध्यक्ष शिर्जना लामा सहितको गाउँ स्तरिय राहत टोली अहिले साझ थाङदोर को आगो प्रभावित क्षेत्रमा प्रस्थान गरिसकेको र स्थानीय स्तरमा गर्न सक्ने सहयोग पारच्याङ प्रहरी चौकिले गरि रहेको अग्नि पिडित क्षेत्रका वासिन्दाले जानकारी दिएका छन ।