मनाङमा १४ जनाले पाए १५ दिने बेकरी तालिम


मनाङ,  हिमाल पारिकाे जिल्ला मनाङकाे नासाे गाउपालिका धारापानीमा संचालित १५ दिने बेकरी तालिम निकै प्रभावकारि भएकाे छ ।
हाेटल व्यवसाय गर्ने व्यक्तिहरू तालिममा सहभागी भएकाले साे तालिम निकै प्रभावकारि भएकाे हाे । घरेलु तथा साना उधाेग विकास समिति गन्डकि प्रदेश, मनाङ र नासाे गाउपालिकाकाे सयुक्त अायाेजनामा संचालित १५ दिने बेकरी तालिमका प्रशिक्षार्थीहरूले अान्तरिक तथा वाह्य पर्यटककाे मागका अाधारमा सामानहरू निर्माण गर्न सक्ने भएकाछन् ।

कार्यालयले राम्रो प्रशिक्षक ल्याएका कारण अाफुहरूले राम्रोसँग शिप सिकेकाे प्रशिक्षार्थी रत्नकुमारि गुरूङ बताउछिन् । तालिमकै अवधिमा हाेटलमा अाएका दुई पर्यटककाे वड डे परेछ,उनिहरूका लागि वड डे केक वनाउन पाईयाे त्यसले पर्यटकहरू निकै खुसि भए रत्नमायाले भनिन् । तालिमवाट रत्नमाया मात्र हाेईन उनी जस्तै सवै सहभागिहरू अागमि दिनमा व्यवसाय गर्न पूर्ण दक्ष र अाम्दानि गर्न सक्षम भएका छन् ।

तालिम समापन कार्यक्रमका प्रमुख अतिथि गन्डकि प्रदेशका साम्सद चिन्ता घलेले सिकेकाे सिपलाई प्रयाेग गर्दा सहज रूपमा अाम्दानि गर्न सकिने वताए । उनले भने, काठमाडौंमा मात्र हाेईन मनाङमा पनि बेकरीको राम्रो सामान उत्पादन हुन्छ भन्ने शन्देस तपाईहरूले दिनुभएकाे,यसलाई निरन्तरता दिनुहाेस् ।

तालिम समापन कार्यक्रमका विशिष्ट अतिथि नासाे गाउपालिकाका अध्यक्ष चन्द्र घलेले सिकेको सिपलाई अार्थिक अायअार्जनका लागि अगाडी बढनु पर्ने बताए । अाफ्नाे हातमा सिप भएपछि धेरै सामानहरू उत्पादन गरेर महिलाहरूले अायअार्जन गर्न सक्छन भन्ने शन्देश यस तालिमले दिएकाे बताउदै अध्यक्ष घलेले भने,’महिलाकाे अार्थिक विकाशका लागि गाउपालिकाले अावश्यकताकाे अाधारमा सहयाेग गर्ने छाै,तपाईहरू अगाडि वढनुस ।

घरेलु कार्यालय मनाङका कार्यालय प्रमुख प्रदिप न्याैपानेले सीप नहुने महिला पुरूषलाई सीप सिकाएर अात्मनिर्भर तथा स्वावलम्वि वनाउन र वेराेजगारि समस्या समधानका लागि यस तालिम निकै प्रभावकारि वनेकाे धारणा व्यक्त गरेका थिए । हामी तालिम राम्रोसँग दक्ष प्रशिक्षक ल्याएर दिन्छौं, तपाईहरू सिकेर व्यवहारमा प्रयाेग गरिदिनुस,अनि मात्र मनाङ आर्थिक रूपमा दिगाे विकाश हुनेछ प्रमुख न्याैपानेले भने ।

तालिमका १४ प्रशिक्षार्थीलाई कार्यक्रमका प्रमुख अतिथि साम्साद चिन्ता घलेले प्रमाणपत्र वितरण गरेका थिए । साे अवसरमा प्रमाणपत्र पाएकाहरू सिपसिकेर दिक्षित भएकाले सिकेके सिपलाई अागामी दिनमा मनागङका अन्य गाउका दिदि वहिनि र दाजु भाईलाई पनि सिकाउने प्रतिवद्वता जनाएका थिए ।

साे तालिम प्रशिक्षक नारायण पिठाकोटीले दिएका थिए । तालिमवाट वेकरिका वड डे केक, कुकिज, दुनाेट, क्रीमराेल, स्नेडुईज लगायतका बेकरी अाइटम बनाउन सिकाईएकाे प्रशिक्षक नारायणले वताए ।