आज सार्वजनिक विदा

0
Shares

गोरखा । गत २०७२ साल वैशाख १२ गते गएको भूकम्पको स्मृतिमा बारपाकको सुलिकोट गाउँपालिकामा सार्वजनिक बिदा दिने निर्णय भएको छ।

गोरखाको बारपाक केन्द्रविन्दू बनाएर आएको ७ दशमलव ८ रेक्टर स्केलको विनाशकारी भूकम्पलेले १ सय ३० जनाको मृत्यु सुलिकोट गाउँपालिकामा आउँदो वैशाख १२ गते सार्वजनिक बिदा दिईने भएको हो ।

गत चैत २३ गते शनिबार बसेको गाउँ कार्यपालिकाको बैठकले सो निर्णय गरेको गाउँपालिकाले सोमबार जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ।

यो निर्णयसँगै त्यस दिन गाउँपालिकामा रहेका सरकारी तथा सार्वजनिक कार्यालय शैक्षिक संस्थाहरु लगाएतमा बिदा हुने बताइएको छ।गोरखाको बारपाक केन्द्रविन्दू बनाएर गएको ७ दशमलव ८ रेक्टर स्केलको विनाशकारी भूकम्पले नौ हजारभन्दा बढी नेपालीको ज्यान लिएको थियो भने थुप्रै घाइते भएका थिए ।