विप्लबका जिल्ला नेता धरौटीमा रिहा


पर्वत(नेस) ।
नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको भातृसंगठन दलित मुक्ति मोर्चा पर्वतका जिल्ला संयोजक धरौटीमा रिहा हुनुभएको छ ।

राजद्रोह मुद्धामा अनुसन्धानका लागि थुनामा रहेका विष्णु परियारलाई बुधबार पर्वत जिल्ला अदालतले २५ हजार धरौटीमा रिहा गर्ने आदेश दिएको हो ।

जिल्ला अदालत पर्वतका न्यायधीश सुर्यबहादुर थापाको इजालसले बिकलाई बुधबार धरौटीमा रिहा गर्ने आदेश दिएको छ । पर्वतको कुश्मा नगरपालिका ८ घर भएका परियारलाई कुश्मा नगरपालिका वडा नं. १२ ठूलिपोखरीबाट गएको चैत्र १७ मा जिल्ला प्रहरी कार्यालय पर्वतले नियन्त्रणमा लिएको थियो ।

ठूलिपोखरी लगायतका क्षेत्रमा चन्दा आतंक मच्चाएको लगायतको आरोपमा विष्णु परियारलाई अस्थायी प्रहरी चौकी ठूलिपोखरीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको थियो ।

पर्वत प्रहरीले परियारलाई विप्लब नेतृत्व नेकपाको सक्रिय कार्यकर्ता रहेर राज्य विरुद्धको गतिविधि गरेको आरोपमा हिरासतमा राखि सरकारी वकिल कार्यालय पर्वतबाट राजद्रोह मुद्धा दर्ता गराएको थियो ।