शशीकला स्मृतिसभा सम्पन्न


काठमाडौं (नेस)
तत्कालीन राप्रपा नेपालका केन्द्रीय सदस्य स्व. शशीकला राजभण्डारीको सातौं वार्षिक पूण्य तिथिको अवसरमा स्मृतिसभा गरेर राप्रपाले उहाँको पार्टीप्रतिको योगदानलाई स्मरण गरेको छ । पार्टी केन्द्रीय कार्यालय, शशीकला स्मृति भवन धुम्बाराहीमा एक कार्यक्रमको आयोजना गरि उहाँको सम्झना गरिएको हो ।

स्व. शशीकला राजभण्डारीले पार्टीलाई पु¥याउनुभएको योगदानको चर्चा गदैं पार्टीका वरिष्ठ उपाध्यक्ष बुद्धीमान तामाङले नेपाली सेनामा प्रमुख सेनानीसम्मको पदबाट अवकाश लिएर पनि पार्टीको एजेण्डाप्रति प्रतिबद्ध भई सक्रिय योगदान पु¥याउनुभएका स्व. राजभण्डारीप्रति हार्दिक श्रद्धासुमन अर्पण गर्नुभयो ।

स्मृतिसभामा स्वागत मन्तव्य व्यक्त गर्दै पार्टीका महामन्त्री भास्कर भद्राले स्व. शशीकला राजभण्डारीले राप्रपा नेपालको संगठन कमजोर भएको तत्कालिन अवस्थामा पार्टी विस्तारको लागि अतुलनीय योगदान पु¥याउनुभएको चर्चा गर्दै उहाँलाई पार्टीले सदैव स्मरण गरिरहने बताउनुभयो ।

स्व. शशीकला राजभण्डारीले पार्टीलाई दिनुभएको योगदानको बारेमा प्रकाश पार्दै पार्टीका उपाध्यक्ष तोरण बहादुर गुरुङ, स्व. शशीकला राजभण्डारीका पति तथा पार्टीका केन्द्रीय सदस्य दिलविकास राजभण्डारी, पार्टीका प्रवक्ताद्वय भुवन पाठक, निलकण्ठ काफ्ले, गण्डकी प्रदेश अध्यक्ष, हेमजंग गुरुङ, सह महामन्त्री एवं राप्रमसंका अध्यक्ष कुन्तिकुमारी शाही, ट्रेड युनियन महासंघ (टुकोन)का अध्यक्ष हिक्मत जंग भण्डारी, पार्टीका काठमाडौं जिल्ला अध्यक्ष नवराज सिंखडा लगायतका नेताहरुले मन्तव्य व्यक्त गर्दै स्व. राजभण्डारी प्रति श्रद्धासुमन अर्पण गर्नुभएको थियो ।

स्व. शशीकला राजभण्डारीका श्रीमान दिलविकास राजभण्डारीले वर्षेनी स्मृतिसभा सञ्चालन गर्नको लागि अक्षयकोष खडा गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभएको थियो । सो कार्यक्रम पार्टीका वरिष्ठ उपाध्यक्ष बुद्धीमान तामाङको अध्यक्षतामा सम्पन्न भएको थियो । c