बिद्यार्थीका लागि निशुल्क बस


धनवीर दाहाल,रुकुम ।
रुकुम पुर्वको एक बिद्यालयले बिद्यार्थीको लागी निशुल्क बस संचालनको तयारी गरेको छ । रुकुम पुर्वको सिस्ने गाउँपालिका वडा नं ५ को रुक्मीणि माध्यामिक विद्यालयले यहि शैक्षिक शत्रदेखि बस सञ्चालन गर्ने भएको हो ।

टाढाका बिद्यार्थीहरुलाई आउनजान समस्या परेपछि बस सञ्चालनगर्ने तयारी गरेको बिद्यालयले जनाएको छ । बिद्यालयको व्यवस्थापनतर्फको खर्चबाट १५ लाख र अरु विद्यालयको आन्तरिक कोष गरी रु.२१ लाख७१ हजार २ सय रुपैयाँमाबस किनि सकिएको विद्यालय व्यवस्थापन समितिकाअध्यक्ष केशवचन्द समालले बताउनुभयो ।

३६ सिट रहेको उक्त विद्यालय बस स–सानाविद्यार्थी र डेराभाडामा पनि बस्न नसक्ने विद्यार्थीको सजिलोका लागि सञ्चालन गर्ने निर्णय गरिएको अध्यक्ष समालको भनाई छ । उक्त बस चढ्ने विद्यार्थीले बस चढे वापत कुनै पनि शुल्क तिर्नुपर्ने छैन ।

नजिकका विद्यार्थीलाई दैनिक विद्यालय ल्याउने र घर पु¥याउने गरिने छ भने डेरा भाडामा बस्ने विद्यार्थीलाई हरेक शुक्रबार घर पु¥याइदिने तथा आइतबार विद्यालय ल्याइने छ । बस किनेर बिद्यालयमा ल्याई सकिएको प्रध्यानाध्यापक कृष्ण गौतमले बताउनुभयो । भन्सार छुट गरेर बस खरिद गरिएको गौतमको भनाई छ ।

विशेष गरी भूमे गाउँपालिकाको सिसाघारी र त्यस आसपास, सिस्ने गाउँपालिकाको नाथीगाड, खोपिचार र त्यस आसपासका विद्यार्थीको सजिलोका लागि बस खरिद गरिएको विद्यालयले जनाएको छ । यसको साथै हरेक वर्ष शैक्षिक भ्रमणमा जादा पनि बसको उपयोग गरिने छ ।