पर्यटकीय नगरी पोखरामा पर्यटक महिला किन नांगै हिँडिन्

0
Shares

पोखरा  । पोखराको पर्यटकीय क्षेत्र लेकसाइडको खहरेमा एक पर्यटक महिला नाङ्गै हिँडेपछि देख्नेहरु लज्जित बने । सडकमै यसरी नग्न अवस्थामा महिला हिँडेपछि कोहि अचम्म मान्दै हिँडे, कोहि लज्जित हुँदै शिर निहुराए ।

सोमबार दिऊँसो ४ बजेतिरको समयमा एक महिला पर्यटक बस्त्र नै नलगाई हिँडेपछि सबैजना अचम्म परेका हुन् । उनको टाउकोमा टोपी बाहेक कतै बस्त्र थिएन । स्थानीयले पर्यटकलाई नाङ्गै हिँडेको देखेपछि प्रहरीलाई खबर गरेका थिए । पर्यटक प्रहरीले ति महिला पर्यटकलाई पक्राउ गरेको छ ।

ति महिला पर्यटकलाई अहिले कपडा लगाईदिएर राखेको प्रहरीले जानकरी दिएको छ । कुन देशकी हुन्, नाम के हो, किन नाङ्गै हिँडिन् भन्नेबारेमा केही पनि नबोलेको प्रहरीको भनाई छ ।

उनी योगा सेन्टरमा बस्दै आएको र कपाल पनि खौरिएको प्रहरीको भनाई छ । सोमबार अन्तर्रा्ष्ट्रिय पृथ्वी दिवस भएका कारण ति महिलाले यस्तो हर्कत गरेको हुनसक्ने आँकलन छ ।