सुदूरपश्चिममा नेकपा एकता: ५ जिल्लामा एमाले र ४ मा माओवादी नेतृत्व

0
Shares

बैतडी, (नेस)
सुदूरपश्चिम प्रदेशमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को नेतृत्वको टुंगो लागेको छ । सुदूरपश्चिममा रहेको ९ जिल्लामध्ये ५ मा तत्कालिन नेकपा (एमाले ) र ४ मा तत्कालिन नेकपा (माओवादी केन्द्र)ले नेतृत्व लिने गरी एकता प्रक्रिया टुंगिएको हो ।

जसमा बैतडी, डोटी, अछाम, बाजुरा र कैलाली जिल्लामा तत्कालीन एमालेले अध्यक्ष पाएको छ भने दार्चुला, डडेल्धुरा, बझाङ र कञ्चनपुर जिल्लामा तत्कालिन माओवादीबाट अध्यक्ष भएका नेकपाका प्रदेश अध्यक्ष कर्ण थापाले जानकारी दिनुभयो ।

एमालेवाट बैतडीमा सुरेन्द्र पाल, डोटीमा चक्र मल्ल, अछाममा शेरवहादुर कुँवर, बाजुरामा कालीवहादुर शाही र कैलालीमा रतन थापाले अध्यक्षको जिम्मेवारी पाएको हो । माओवादीवाट दार्चुलामा गणेश खत्री, डडेल्धुरामा मानसिह माल, बझाङमा मिनवहादुर थापा र कञ्चनपुरमा तत्कालिन विरवहादुर थापा अध्यक्ष बनेका हुन् ।

तत्कालिन एमालेको अध्यक्ष भएको जिल्लामा तत्कालिन माओवादी केन्द्रको सचिव र तत्कालिन माओवादी केन्द्रको अध्यक्ष भएको जिल्लामा तत्कालिन एमालेको सचिव हुने गरि एकताको टुंगो लागेको छ । तर सुदूरपश्चिम प्रदेशका जिल्लामा यसअघि तत्कालिन एमालेका अध्यक्ष बनिसकेका नेताले सचिवमा बस्न नमानेको बताईएको छ । तत्कालिन एमालेको जिल्ला अध्यक्षहरुले अहिले सचिवमा बस्नेबारे छलफल हुने नेकपा सुदूरपश्चिम अध्यक्ष थापाको भनाई छ । उहाँले भन्नुभयो‘अध्यक्ष भएको नेताले सचिवमा बस्न मानिहाल्छन भनेर अहिले भन्न सकिन्न , उनीहरुसंग छलफल गर्नुपर्छ ।’

समितिको सचिवमा भने अध्यक्ष रहेको तत्कालिन पार्टी भन्दा अर्को पार्टीकोे ब्यक्ति रहने पनि निर्णय भएको छ । लामो समयपछी नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को आइतबार साँझको सचिवालय बैठकले सुदूरपश्चिम प्रदेशका ९ सहित देशका ७७ जिल्ला नेतृत्वको टुंगो लगाएको हो ।