‘राष्ट्रियता र अर्थतन्त्र इतिहासकै कमजोर’

0
Shares

बुटवल, (नेस)
नेपाली कांगे्रसका नेता अर्जुन नरसिंह केसीले वर्तमान ओली सरकार गैर जिम्मेवार शैलीमा चलेको बताउनुभएको छ । सर्वसत्तावादको दम्बमा उत्रीएको सरकार गैरजिम्मेवार बनेकै कारण मुलुकको राष्ट्र, राष्ट्रियता र अर्थतन्त्र इतिहांसकै कमजोर बनेको बताउनु भयो ।

ओली सरकारले देशलाई भन्दा पार्टी र व्यक्तिलाई माथि राखेर एकदलीय रुपमा चलेकै कारण अहिले राष्ट्र, राष्ट्रियताको अवस्था कमजोर बनेको ठोकुवा उहाँले गर्नुभयो । रिपोर्टर्स क्लवले सोमबार बुटवलमा आयोजना गरेको साक्षात्कारमा बोल्दै उहाँले राष्ट्रियताको नारा बाँड्ने सरकारकै पालामा राष्ट्रिय परिस्थिति गम्भीर बन्नु दुःखको कुरो भएको धारणा राख्नु भयो ।

सरकारले हाबादारीका नारा बांँडेर जनतालाई भ्रममा पारेको आरोप लगाउंदै नेता केसीले ओली सरकार आफ्नै गल्तीका कारण ढल्ने बताउनुभयो । सरकार निरंकुश शैलीमा सर्वसत्ताबादको बाटोमा हिडेको दावी गर्दै एकदलीय कम्युनिष्टको शासन व्यवस्थाबाट देश नचल्ने भन्दै आलोचना गर्नुभयो ।