स्थानीयले जग्गा नदिँदा १८ वर्षपछि सेना फिर्ता

0
Shares

दयाराम पण्डित, बाजुरा
१८ बर्ष देखि बाजुराको बुढिन्नदा नगरपालिकाको कोल्टीमा बस्दै आएको नेपाली सेना सोमबार अछाम फिर्ता भएको छ । कोल्टीमा कसैले पनि जग्गा उपलब्ध नगराउदा नेपाली सेना फिर्ता भएको नेपाली सेनाको एक स्रोतले वताएको छ ।

लामो समय देखि बिद्यालयमा बस्दै आएको सेनाले पटक पटक स्थानिय सरकार, राजनितिक दल र स्थानियलाई आग्रह गर्दा पनि कतै जग्गा नपाएपछि आज सेना अछाम फिर्ता भएको हो । सामान हेलिकोप्टरबाट ओसारेका छ भने सेना भने पैदल मार्ग भएर अछाम फिर्ता भएको छ । स्थानिय बासिले भने सेना फिर्ता हुनुले कसैले जग्गा दिएनन्, अर्को राजनितिक दल र जनप्रतिनिधिका चाँसो नभएका कारणले सेना फिर्ता भएको बताएका छन् । सेना फिर्ता भएपछि स्थानीयले सामाजिक सञ्जालमा समेत चर्को आलोचना गरेको छ ।

नेपाली सेनाका प्रबक्ता बिज्ञान देब पाण्डेले भने द्धन्द्धकालमा द्धन्द्ध ब्यबस्थापनका लागि राखेको हो, अहिले शान्ति सुरक्षाको अबस्था मजबुद रहेको त्यहाँ नेपाली सेनाको खासै आबश्यक नरहेकाले फिर्ता बोलाएको बताएका छन् । उनले यस्तो भने पनि तर जग्गा उपलब्ध नगराएकै कारणले ब्यारेक फिर्ता जान लागेको जग्गाका लागि पटक पटक गरिएको प्रयासले बताँउछ । कोल्टीमा रहेको भवानी बक्स गण अछाम माथतको गण हो ।

भवानी बक्स गण अछामका प्रमुख प्रमुख सेनानी लोचन कार्कीले त्यहाँ अब खासै आबश्यक नरहेकोले अछाम फिर्ता बोलाएको वताउनुभयो । सेनाले पटक पटक जग्गाका लागि राजनितिक दल नेताहरु सँग आग्रह गर्दै आएको थियो, जग्गा ब्यबस्थापन नभएपछि बाध्य भएर फिर्ता हुन लागेको हो । पहिले बस्दै आएको ब्यारेक क्षेत्र प्राकृतिक रुपमा सुरक्षित नरहेको भन्दै नेपाली सेनाको प्राविधिक टोलीले नवस्न भनेपछि बैकल्पीक ब्यवस्था नहुदासम्म भन्दै विगत ३ बर्षदेखि बुढीनन्दा क्याम्पसको भवनमा भवानी वक्स गण ‘क’ बस्दै आएको थियो ।

नेपाली सेनालाई बस्नका लागि जग्गा उपलब्ध गराउन नसक्दा फिर्ता हुन लागेको हो । नेपाली सेनाको ब्यारेक बनाउनका लागि कतै जग्गा उपलब्ध हुन नसक्दा अव लामो समय देखि बिद्यालयको भवनमा वस्न नसक्ने भन्दै हेडक्वाटरले फिर्ता बोलाएको भवानी बक्स गण कोल्टीका मेजर हरिराम कुमार श्रेष्ठले वताउनुभयो ।

२०७१ सालमा सेनाको ब्यारेक नजिकै बाढी पहिरो गएर धनजनको क्षति भए पछि नेपाली सेनाको प्राविधिक टोलीले सेना बसीरहेको गुम्वा क्षेत्रको ब्यारेकमा नवस्न भने पछि हाल बुढीनन्दा क्याम्पसको भवनमा बस्दै आएको थियो । नेपाली सेनालाई वस्नका लागि स्थानिय तहले ठाउँ नखोजेको भन्दै स्थानियले चर्को विरोध गरेका छन । दैवि प्रकोप लगायतका घटना तथा एयरपोर्ट पनि भएकाले भिआइपीहरुको सुरक्षार्थ समेत सहजता हुने भए पनि नेपाली सेनालाई वस्ने वातावरण नबनाएको स्थानिय काशीराम विष्टले वताउनुभयो ।

यता बुढीनन्दा नगरपालिकाका प्रवक्ता कृष्णराज पाध्याले नेपाली सेनाको ब्यारेकका लागि विभिन्न ठाउँमा जग्गाको खोजी गरे पनि कतै रेट नमिलेको र कतै वस्न योग्य ठाउँ नहुँदा उनीहरु जान लागेको वताउनुभयो । जग्गा खरिदका लागि पटक पटक कुरा गर्दा पनि स्थानियवासी दररेटमा सहमत नभएको बताइएको छ । प्रवक्ता पाध्याले नगर कार्यपालिकाको बैठकले प्रति वर्ग मिटर १ हजार रुपैया दिने भनेर निर्णय गरे पनि स्थानियले नमानेको वताउनुभयो ।

१० वर्ष पहिले कोल्टी स्थित नेपाली सेनालाई ब्यबस्थित गर्न पोखेगडी लामासिंहमा सरकारी जग्गा उपयुक्त भन्ने शिर्षकमा समाचार सम्प्रेषण गरिएको थियो । उक्त स्थानमा सेना रखेमा बडिमालिका क्षेत्रको संरक्षण, मानव आवगमजनमा सुरक्षा, जडिबुटी तथा बनपैदवार तथा वन्यजन्तुचोरी निकासी कम हुने हुदा पोरखेगडी उपयुक्त भन्ने शिर्षकमा समाचार प्रकाशन भएको थियो । यद्यपि सम्बद्ध निकायबाट समाचारको सुनवाई भएन। १८ वर्ष पछि सेनाले कोल्टी छोड्न बाध्य हुनुपर्यो ।