२०७२ सालमा बगाएको पुल पुनर्निर्माण भएन

0
Shares

लीला सुनुवार, ओखलढुंगा
ओखलढुंगाको रुम्जाटार–रातमाटे सडक खण्डअन्तर्गत रहेको ठोट्ने खोलाले बगाएको पक्की पुल पुननिर्माण नहुँदा समस्या हुँदै आएको छ ।
२०७२ सालमा आएको बाढीले पक्की पुल बगाएको भएपनि पुल पुनर्निर्माण नहुँदा समस्या हुँदै आएको हो । पुल नबन्दा जिल्ला सदरमुकामबाट चिशंखुगढी गाउँपालिकाको केन्द्र सेर्ना जोड्ने उक्त सडकमा यातायात सञ्चालनमा समस्या आउने गरेको छ । जिल्लाको पूर्वी क्षेत्रमा सीधा यातायात सञ्चालन गर्ने उद्देश्यले निर्माण गरिएको सडकलाई लक्षित गर्दै ५ वर्षअघि उक्त खोलामा पक्की पुल निर्माण भएको थियो ।

ठोट्ने खोलामा आएको बाढीले पक्की पुल जगैदेखि बगाएर किनारमा पु¥याइदिएपछि वर्षायाममा सवारी साधन सञ्चालन प्रभावित हुँदै आएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट विनियोजित ३ करोड रुपैयाँको लागतमानिर्मित पक्की पुल सञ्चालनको तयारी अवस्थामै बगाइदिएपछि जिल्लाको माम्खा, रात्माटे, सेर्ना, दियाले, पोखरे, कुइभीरलगायतका क्षेत्रमा यातायात सञ्चालनमा कठिनाइ भइरहेको छ । जिल्लाको रुम्जाटार हुँदै कुइभीर जोड्ने सडक खण्ड केही समयअगाडि निर्माण सम्पन्न भएपनि पुल नबन्दा नियमित सडक सञ्चालन होला भन्ने आशामा बसेका ओखलढुंगाको पूर्वी भेगका स्थानीय बासिन्दाले सास्ती झेल्दै आएका छन् ।

चिशंखुगडी गाउपालीका अध्यक्ष निशान्त शर्माले सडक डिभिजन कार्यलयबाटा ठेक्का भैसकेको र बैशाख तेस्रो हप्ता देखी पुल पुन निर्माणको काम शुरु हुने बताउनु भयो ।